6 years ago
July 10, 2019
एजेन्सी – उपाधिको बलियो दाबेदार मानिएको भारतलाई पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमान्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रन बनायो ।
चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले तल्लोक्रममा राम्रो ब्याटिङ गरेपनि जित दर्ता गर्न सकेन । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको थियो ।
दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए । तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।

त्यस्तै १० औं ओभरको अन्तिम बलमा म्याट हेनरीले दिनेश कात्तिकलाई ६ रनमा क्याच आउट गराए । जेम्श निशमले उत्कृष्ट एक हातले क्याच आउट गराउनु अघि उनले २५ बलमा १ चौका प्रहार गरे । पाँचौ विकेटका लागि हार्दिक पान्ड्या र ऋषभ पन्तले ४७ रनको साझेदारी गर्दै केहि आसा देखाएका थिए ।
२३ औं ओभरको पाँचौ बलमा मिचेल सान्टनारले कोलिन डी ग्राण्ड होमबाट क्याच गराउँदै पन्तलाई ३२ रनमा आउट गरेपछि भारतको जितको सम्भावना झिनो मात्रै देखिएको छ । पन्तले ६२ बलमा ४ चौका प्रहार गरे । सान्टनारले नै हार्दिक पान्ड्यालाई ३१ ओभरको तेसो बलमा ३२ रनमा क्याच आउट भएपछि भारत ९२-६ को कमजोर अवस्थामा पुगेको थियो ।
सातौं विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए । तर बोल्टले ४८ ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई ७७ रनमा कप्तान केन विलियमसनबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेपछि भारतको जितको संभावना सकिएको थियो । जडेजाले ५९ बलमा समान ४ चौका र छक्का प्रहार गरेपछि खेलमा रोमान्चकता थपिएको थियो । महेन्द्र सिंह धोनीले ७२ बलमा १ चौका र छक्का सहित ५० रन जोडे ।

म्याट हेनरीले १० ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ट्रन्ट बोल्टले पनि १० ओभरमा २मेडन सहित ४२ रन खर्चेर २ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो । मिचेल सान्टनारले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए ।
मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।

न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ६७ रनबाट खेल्न सुरु गरेका उनी ४८ ओभरमा रन आउट हुँदै ७४ रनमा पेभिलिएन फर्किए । उनले ९० बलमा तीन चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले ३ रन जोडे । म्याट हेनरी १ र टम लेथम १० रनमा आउट भए ।
मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे ।
न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए ।
भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह,,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]