6 years ago
July 11, 2019
एजेन्सी – उपाधिको प्रमुख बलियो दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग अप्रत्यासित हार बेहोर्दै एकदिवसीय क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलबाटै बाहिरिएको छ ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग अविश्वसनिय १८ रनको हारसँगै यस विश्वकपमा भारतको यात्रा समाप्त भएको हो । मंगलबारबाट सुरु भएको खेल बर्षाको कारण बुधबार सकिन पुग्यो । मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको अवस्थामा निरन्तर बर्षाको कारण खेल बुधबारको लागि सरेको थियो । त्यहि स्थितीबाट सुरु गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।
२ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रनमात्रै बनाउन सक्यो । बलिङमा उत्कृष्ट प्रर्दशन गरेको भारतका लागि रविन्द्र जडेजाले ५९ बलमा समान ४ चौका र छक्का सहित ७७ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन । उत्कृष्ट प्रर्दशनका बाबजुद पनि भारत न्युजिल्यान्डसँग हार्दै सेमिफाइलनबाट बाहिरिनुका प्रमुख तीन कारण यस प्रकार छन् :
३. मध्यक्रमका ब्याट्सम्यानको खराब सट
मध्यम लक्ष्य पछ्याएको भारतले शीर्षक्रमका विराट कोहली, रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएको थियो । प्रमुख ब्याट्सम्यान सस्तैमा आउट हुँदा भारतको जितको लागि मध्यक्रमका ब्याट्सम्यानले जिम्मेवारीका साथ ठूलो इनिङ खेल्नु पर्ने दबाब बढेको थियो । ठूलो आसा गरिएका दिनेश कार्तिक १० औं ओभरको अन्तिम बलमा जेम्श निशमले उत्कृष्ट क्याच गरेपछि ६ रनमा पेभिलिएन फर्के । कार्तिक आउट भएसँगै दबाब र ठूलो जिम्मेवारी हार्दिक पान्ड्या र ऋषभ पन्तमाथि थपिएको थियो ।

तर मिचेल सान्टनरको २३ ओभरको पाँचौ बलमा ठूलो सर्ट खेल्ने धुनमा पन्त बाउन्ड्री लाइन नजिकै कोलिन डी ग्राण्डहोमबाट ३२ रनमा क्याच आउट भए । जुन समय भारतको लागि त्यो गलत सर्ट आवश्यक थिएन । त्यस्तै ३१ ओभरको तेस्रो बलमा हार्दिक पान्ड्या पनि गलत सर्ट खेल्दै कप्तान केन विलियमसनबाट क्याच आउट हुन पुगे । उत्कृष्ट प्रर्दशन गरेका जडेजाले ७७ रनको उत्कृष्ट इनिङ खेलेपनि अन्त्यमा गलत सर्ट खेल्दै क्याच आउट भएपछि भारतको हार पक्का बनेको थियो । दबाबमा गैरजिम्मेवार सर्ट खेनु भारतको हारको एक कारण हो ।
२. शीर्षक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन
भारतले यस लक्ष्य सहजै पुरा गर्न सक्ने अनुमान गरिएको थियो । त्यसको लागि शीर्षक्रमका ब्याट्सम्यानले राम्रो सुरुवात दिन आवश्यक थियो । तर शीर्षक्रममा चार ब्याट्सम्यान विराट कोहली, रोहित शर्मा, केएल राहुल र दिनेश कार्तिक कुल ९ रन मात्रै बनाउन सके । जसको ठूलो दबाब मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई पर्न पुग्यो ।

रोहित शर्मा दोस्रो ओभरको तेस्रो बलमा विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट भए । कप्तान विराट पनि तेस्रो ओभरको चौथो बलमा १ रनमा एलवीडब्लू आउट भए । त्यस्तै अर्का ओपन केएल राहुल चौथो ओभरको पहिलो बलमा १ रनमा पेभिलिएन फर्किए । ठूलो आसा गरिएका दिनेश कात्तिक १० ओभरको अन्तिम बलमा ६ रनमा क्याच आउट भएपछि भारतको जित टाढिएको थियो ।
पछिल्लो तीन वर्ष यताको नतिजा हेर्दा पनि भारतको अधिकांश जित शीर्षक्रमका तीन ब्याट्सम्यानमा निर्भर छ । शीर्षक्रमका ब्याट्सम्यान नचलेको खण्डमा भारत पराजित हुँदै आएको छ । आज पनि भारतको लागि त्यहि समस्या घातक बन्यो ।
१. हेनरी र बोल्टको उत्कृष्ट प्रर्दशन
भारतलाई मध्यम योगफलमा रोक्दै न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन तीव्र गतिका बलर म्याट हेनरी र ट्रेन्ट बोल्टको प्रर्दशन निर्णायक रह्यो । यी दुई बलरले पहिलो पावर प्लेमा ४ विकेट लिएपछि न्युजिल्यान्ड मध्यम लक्ष्यमा पनि भारतमाथि पूर्णरुपमा हाबी बनेको थियो ।

हेनरीले रोहितलाई दोस्रो ओभरको तेस्रो बलमा कट विहाइन्ड निकाल्दै विकेटकीपर लेथमबाट १ रनमा क्याच आउट गराए । अर्का तीव्र गतिका बलर बोल्टले तेस्रो ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई १ रनमा एलवी डब्लू आउट गरे । विराटको विकेटपछि न्युजिल्यान्ड खेलमा पूर्णरुपमा हाबी बनेको थियो ।
हेनरीले चौथो ओभरको पहिलो बलमै राहुललाई १ रनमा क्याच आउट गराए । दशौं ओभरको अन्तिम बलमा हेनरीले दिनेश कात्तिकलाई ६ रनमा क्याच गराए पछि भारतको जित टाढिएको थियो । सुरुवाती चार विकेट गुम्दा मध्यक्रममा पूर्ण रुपमा दबाबमा परेको भारतका लागि रविन्द्र जडेजाले आक्रमक ब्याटिङ गर्दै जितको संभावना देखाएका थिए । तर बोल्टले ४८ ओभरको पाँचौं बलमा क्याच आउट गराएपछि न्युजिल्यान्डको जित पक्का बनेको थियो ।
सम्रगमा हेनरीले १० ओभरमा ३७ रन खर्चेर ३ महतवपूर्ण विकेट लिए । त्यस्तै बोल्टले पनि १० ओभरमा ४२ रन खर्चिदै दुई निर्णायक विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]