default_image

6 years ago

July 11, 2019

क्रिकेटर मञ्जित हवल्दारमा बढुवा

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको क्रिकेट टोलीका कप्तान मञ्जित श्रेष्ठको बढुवा भएको छ । सिपाहीबाट मञ्जित हवल्दारमा बढुवा भएका हुन् । नेपाल प्रहरी एआइजी पुलिस खेलकुद समितिका सदस्य सचिव पुष्कर कार्कीले डिआइजी पुलिस एकेडेमीका निर्देशक दान सिंह बोहोरा बुधबार आयोजित एक कार्यक्रममा मञ्जितलाई दज्र्यान्ही चिन्ह प्रदान गरेका थिए ।


२०६२ मा नेपाल पुलिसमा आबद्ध मञ्जितको कप्तानीमा केहि साता अघि पुलिसले प्रधानमन्त्री कप जितेको थियो । राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी ३४ वर्ष मञ्जितले नेपालका सबै उमेर समूहबाट प्रतिनिधित्व गरेका छन् । २०६२ मा मञ्जितसँग पूर्व कप्तान विनोद दास, मनोज कटुवाल र कनिष्क चौगाई पुलिसमा भर्ती भएका थिए । कनिष्क पछि अमेरिका गएका थिए ।

केहि वर्ष सुस्ताएको पुलिस क्लबले २०६७ पुन घरेलु क्रिकेटका राष्ट्रिय प्रतियोगितामा दोस्रो र टि ट्वान्टीमा पहिलो स्थान प्राप्त गरेको थियो । त्यसपछि पनि पुलिस क्रिकेटमा पुनः निस्क्रिय जस्तै रह्यो । २०७२ सालमा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, एसएसपी इश्वरबाबु कार्की र इस्पेक्टर ज्योति कमल गुरुङको पहलमा पुलिस पुनः क्रिकेटमा फर्कियो । टोली तयार भयो । त्यहि बेलादेखि मञ्जितले टोलीको कप्तान गर्दै एक पछि अर्को सफलता दिलाइरहेका छन् ।

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएको पुलिसले वैशाखमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको क्रिकेटमा रजत पदक जितेको थियो । मञ्जितले पछिल्लो पटक सन् २०१४ मा राष्ट्रिय टोलीबाट विश्व कप छनोट खेलेका थिए ।

पुलिसकै कारण खेल जीवनले निरन्तरता पाइरहेको अलराउन्डर मञ्जितले हाम्रो खेलकुदलाई बताए । ‘पुलिसले क्रिकेट टोली बनाउने भनेर सुरुमा पहल गरेको बेला म भर्ती भएको थियो । लामो समय हाम्रो टिम बन्न सकेन,’ उनले स्मरण गरे,‘ तर पनि म पुलिसमा बसिरहे । अहिले हाम्रो टोली बनेको छ । हामी घरेलु क्रिकेटमा राम्रो गरिपनि रहेका छौं ।’

उनले बढुवा हुँदा खुसी लागेको पनि बताए । ‘पुलिसमा नभएको भए सायद म क्रिकेट खेलमा अहिल नहुन पनि सक्थे,’ उनले भने,‘ म भित्रको खेलाडीलाई पुलिसले जोगाइदिएको छ । अहिले त बढुवा पनि भएको छ । टोलीले राम्रो गर्दै गएको खण्डमा भविष्यमा अन्य खेलाडी मेरो अर्को तहमा पनि बढुवा हुन सक्छ । ’

क्रिकेटमा राम्रो गरेकी कारण आफ्नो बढुवा भएको उल्लेख गर्दै मञ्जितले डिएसपी ठकबहादुर केसी र राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान इस्पेटर भरत शाहले पुलिस क्लबका खेलाडीहरुलाई प्रोसाहित गर्नमा ठूलो भूमिका खेलेको बताएका छन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.