6 years ago
July 11, 2019
एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड एकदिवसिय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३ औं ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डको लागि ओपनर जोसन रोयले सर्वाधिक ८५ रनको योगदान दिए । प्याट कमिन्सले २० ओभरको चौथो बलमा कट बिहाइन्ड निकाल्दै विकेटकीपर एलेक्स केरीबाट क्याच आउट गराउनु अघि रोयले ६५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।
रोयले पहिलो विकेटका लागि जोनी बेयरस्टोसँग १७.२ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । मिचेल स्टार्कले एलबीडब्लू आउट गर्नुअघि बेयरस्टोले ४३ बलमा ५ चौका सहित ३४ रन जोडे ।
जो रुट ४६ बलमा ८ चौका सहित ४९ रनमा अविजित रहे । त्यस्तै कप्तान इओन मोर्गन पनि ३८ बलमा ८ चौकासहित ४५ रनमा नट आउट रहँदै फाइनलमा स्थान पक्का गरे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा रन आउट हुनुअघि स्मिथले १ सय १९ बलमा ६ चौका प्रहार गरे ।
अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर ९ रनमा क्याच आउट हुन पुगे । उनलाई क्रिस वोक्सले जोनी बेयरस्टोबाट क्याच आउट गराउँदै सुरुवाती समय दबाबमा राखे । वोक्सले सातौं ओभरको पहिलो बलमा पिटर हेन्डस्कम्बलाई ४ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया १४–३ को कमजोर अवस्थामा पुगेको थियो ।
चौथो विकेटका लागि एलेक्स केरी र स्टिभ स्मिथले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सुरुवाती दबाब कम गर्दै इनिङ उकासे । चोटका बाबजुद खेलि रहेका केरी आदिल राशिदको २८ ओभरको दोस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै सब फिल्डर जेम्श भिन्सबाट क्याच हुँदै ४६ रनमा पेभिलिएन फर्किए । स्मिथलाई राम्रो साथ दिएका उनले ७० बलमा ४ चौका प्रहार गरे ।

यसै ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस एलवी डब्लू आउट हुँदै शुन्यमा पेभिलिएन फर्केपछि अष्ट्रेलिया पुन दबाबमा पर्यो । आर्चरको ३५ ओभरको पाँचौ बलमा ग्लेन म्याक्सवेल २३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा कप्तान इओन मोर्गनबाट क्याच आउट हुन पुगे । प्याट कमिन्स पनि ६ रनमा क्याच आउट भए । तल्लोक्रममा मिचेल स्टार्कले ३६ बलमा समान १ चौका र छक्का सहित २९ रनको महत्वपूर्ण योगदान दिए । नाथन लायन ५ र जेसन बेहरनडर्फले १ रन जोडे ।
इंग्ल्यान्डका लागि क्रिस वोक्सले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ विकेट हात पारे । मार्क उडको नाममा १ विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]