default_image

6 years ago

July 12, 2019

नेपालको लक्ष्य मलेसियामाथि ऐतिहासिक क्लिनस्वीप !

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया टी ट्वान्टी विश्वकप छनोट अघि मलेसियामा प्रशिक्षणमा व्यस्त छ ।

सोमपाल कामी प्रशिक्षणका क्रममा । तस्बिर सौजन्य : क्रिकेटिङ नेपाल डट कम

जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट अघि विशेष प्रशिक्षणको लागि नेपाली टोली गत मंगलबार मलेसिया प्रस्थान गरेको थियो । नेपाली टोली उतैबाट सिंगापुर जाने कार्यक्रम छ । नेपालले शनिबार र आइतबार मलेसियासँग दुई अन्तर्राष्ट्रिय टि ट्वान्टी सिरिज खेल्ने छ । दुबै खेल किनारारा ओभल क्रिकेट मैदानमा विहान ७ : ४५ पछि सुरु हुने छ ।

मलेसिया नेपाल भन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । त्यसैले यस सिरिजमा नेपाललाई नयाँ इतिहास रच्ने सुनौलो अवसर छ । नेपालको लक्ष्य पहिलो पटक टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्वीप गर्ने देखिन्छ । नेपालले हालसम्म ४ अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज खेलेको छ । २ सिरिजमा पराजित हुँदा १ मा जित र १ बराबरी नतिजा निकालेको छ ।

सन् २०१५ मा श्रीलंकामा हङकङसँगको पाँच टी ट्वान्टी सिरिज वर्षाको कारण ४ खेल रद्द हुँदा १-०ले हारेको थियो । सन् २०१५ मै ग्लोवल विश्वकप छनोट अघि नेदरल्यान्डसँगको चार टी ट्वान्टी सिरिज ३-१ ले गुमाउन पुग्यो । गतवर्ष लर्ड्समा नेपाल, एमसीसी र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी ट्वान्टी सिरिज नेदरल्यान्डसँग बाँडेको थियो ।

शरद भेषावकर प्रशिक्षणका क्रममा । तस्बिर सौजन्य : क्रिकेटिङ नेपाल डट कम

नेपालले गत माघमा यूएईलाई २–१ ले हराउँदै पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज जितेको थियो । त्यस सिरिज जितेको झण्डै ६ महिना पछि नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । प्रतिस्पर्धि हेर्दा नेपाललाई कुनै कठिन पनि देखिदैन ।

यू१९ टोलीका रोहित कुमार पौडेल र पवन सरार्फ एसीसी यू१९ इस्टर्न रिजनपछि उतैबाट टोलीमा समावेश भएका छन् । नेपाल २० जुलाईमा सिंगापुर जाने छ । नेपालले एसिया टी ट्वान्टी छनोटको उपाधि जित्न सके अक्टोबरमा हुने ग्लोबल विश्वकप छनोटको लागि छानिने छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.