default_image

6 years ago

July 13, 2019

कप्तान पारस चम्कँदा नेपालको सहज जित

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी इनिङ खेलेपछि नेपालले मलेसियाविरुद्ध पहिलो खेलमा ७ विकेटको जित दर्ता गरेको छ ।

योसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल भोली खेल्ने छ । टी ट्वान्टीआईमा यो विकेटका हिसावले नेपालको सर्वाधिक ठूलो जित पनि हो । १ सय २९ रनको विजयी लक्ष्य नेपालले १८.३ ओभर ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कप्तान पारस खड्का ८६ रनमा अविजित रहे । पारस ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । टी ट्वान्टी अन्तर्राष्ट्रिय(आई) खेलमा नेपालकोतर्फबाट पारस एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले सन् २०१४ को टी ट्वान्टी विश्वकपमा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध प्रहार गरेकोको सर्वाधिक ५६ रन रेकर्ड तोडेका हुन् । पारसले ३२ बलमा आफ्नो टी ट्वान्टी अन्तर्राष्ट्रिय (आई) दोस्रो अर्ध शतक पुरा गरेका थिए । त्यस्तै सरद भेषवाकर १६ रनमा अविजित रहे ।

पाँचौ ओभरको तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा ओपनर प्रदीप ऐरी बाउन्ड्री लाइन नजिकै अनवार रहमानबाट ८ रनमा क्याच आउट हुन पुगे । प्रदीपले १७ बलमा १ छक्का प्रहार गरे । १० औं ओभरको अन्तिम बलमा २० बलमा ७ रन बनाई खेली रहेका ज्ञानेन्द्र मल्ललाई अनवार रहमानले बोल्ड आउट गरे । अनवार रहमानलेनै १२ ओभरको तेस्रो बलमा रोहित कुमार पौडेललाई ५ रनमा एलवी डब्लू आउट गराए ।

त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिए ।

वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्रीलाइन नजिकै प्रदीप ऐरीले क्याच गर्नु अघि ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट हुनुअघि ३९ बलमा २ छक्का प्रहार गरे ।

सोमपाल कामीले पहिलो ओभरको पाँचौ बलमा ओपनर सैद अजिजलाई शुन्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले लामिछानेले सातौं ओभरको पहिलो बलमा फ्रिती सामलाई १२ रनमा करण केसीबाट क्याच आउट गराए । चौथो विकेटका लागि बसन्त रेग्मिले १७ ओभरको चौथो बलमा सफिक सरिफलाई २ रनमा आफैं क्याच आउट गरे ।

मोहम्मद सियाहदत ८ रनमा बोल्ड आउट भए । राम्रो सुरुवात गरेको मलेसिया अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि विशाल योगफल बनाउन चुकेको हो । नेपालका लागि करण केसीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.