default_image

6 years ago

July 13, 2019

नेपालको कीर्तिमानी जितका ३ नायक

152 views

0 Bookmark

एजेन्सी – नेपालले मलेसियासँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ । दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको नेपालले दोस्रो तथा अन्तिम खेल आइतबार खेल खेल्ने छ ।

शनिवार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । १ सय २९ रनको विजयी लक्ष्य नेपालले पारस खड्को उत्कृष्ट प्रर्दशनमा १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । दोस्रो खेलमा विजयी भए नेपालले पहिलो पटक टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्ने छ । टी ट्वान्टी आईमा नेपालको विकेटको हिसावले ७ विकेटको अन्तर सर्वाधिक ठूलो जित समेत हो । मलेसियामाथि कीर्तिमानी जित हात पार्न उत्कृष्ट प्रर्दशन गर्ने ३ नेपाली खेलाडी :

३. वसन्त रेग्मी

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाका लागि ओपनर विरनदीप सिंहले राम्रो सुरुवात दिएका थिए । नेपाली बलरसामु उनी सुरुवात देखिनै खुलेर रन जोडेका थिए । सिंह नेपालका लागि घातक बन्दै गएका थिए । तर वसन्तले १५ औं ओभरको दोस्रो बलमा बाउन्ड्री लाइन नजिकै प्रदीप ऐरीबाट क्याच आउट गराउँदै ४९ बलमा ७ चौका र १ छक्का सहित ५७ रनमा पेभिलिएन फर्काए ।

क्रिजमा जमिसकेका उनी लामो समय क्रिजमा टिकेका नेपालको लागि घातक बन्न सक्थे । त्यस्तै वसन्तले १७ औं ओभरको तेस्रो बलमा शफिक सरिफलाई २ रनमा क्याच आउट गराएपछि मलेसियाको निरन्तर विकेट पतन भएको थियो । वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट हात पारे । जसको कारण मलेसिया सस्तैमा समेटिएको थियो ।

२. करण केसी

अन्तिम ओभरमा हरेक ब्याट्सम्यान र टिम ठूलो रन बनाउन खोज्छन् । तर राम्रो सुरुवात गरेको मलेसियाको लागि करणले अन्तिम ओभरमा उत्कृष्ट प्रर्दशन गर्न दिएनन् । करणले अन्तिम ओभरमा ३ रन खर्चेर ३ ब्याट्सम्यानलाई पेभिलिएन फर्कापछि मलेसिया सस्तैमा समेटिएको थियो । करणले कसिलो बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिदै नेपालको सहज जित पक्का गरे ।

१. पारस खड्का

नेपालको सहज जितमा कप्तान पारस खड्काको प्रर्दशन महत्वपूर्ण बन्यो । कप्तान पारसले मलेसियामाथि सहज जित पक्का गर्न ८६ को उत्कृष्ट अविजित इनिङ खेले । पारसको यो दोस्रो टी ट्वान्टी आई अर्धशतक र टी ट्वान्टी करिअरको उच्च प्रर्दशन हो । नेपालबाट टी ट्वान्टी आईमा दोस्रो अर्ध शतक पुरा गर्ने पारस एक्लो ब्याट्सम्यान हुन् । टी ट्वान्टी आईमा नेपालबाट पारस बाहेक सन्दीप जोरा र सुवास खकुरेलले समान १ पटक अर्ध शतक पुरा गरेका छन् ।

सधैं निरास बनाउने ओपनिङ ब्याट्सम्यान आज पारसले भने उत्कृष्ट प्रर्दशन गरे । पारसको उत्कृष्ट प्रर्दशनमा नेपालले ९ बल आगाडीनै लक्ष्य पुरा गर्यो । पारस सुरुवात देखीनै मलेसियाका ब्याट्सम्यान सामु खुलेर खेलेका थिए । ओपनर प्रदीप ऐरी ८, ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमै आउट भएपनि पारसले नेपाली ब्याटिङलाई कुनै पनि समय धरमराउन दिएनन् । पारसले ठूलो इनिङ खेल्न नसकेको भए सामान्य लक्ष्य पनि नेपालको लागि घातक बन्न सक्थ्यो । नेपालको जितमा नायक बनेका पारस म्यान अफ द म्याच चुनिए ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.