6 years ago
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँग आइतबार हुने दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा कालो पट्टी बाँधेर मैदान उत्रने भएको छ ।

पछिल्लो केहि दिनदेखि अविरल वर्षाको कारण देशभरमा मृत्यु हुनेको सम्झनामा(स्मृती) मा कालो पट्टी बाँधेर मैदान उत्रने कप्तान पारस खड्काले क्रिकेटिङ नेपाललाई उदृत गर्दै भने । खेल सुरुहुनु अघि एक मिनेट मौन धारणा समेत गरिनेछ । गृहमन्त्रालयका अनुसार शुक्रबार देखी परेको अविरल वर्षाको कारण देशभरबाट हालसम्म मृत्युहुनेको सङ्ख्या ३६ कटेको छ ।
नेपालले पहिलो टी ट्वान्टी खेलमा सनिवार मलेसियामाथि ७ विकेटको सहज जित हात हात पार्दै दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेलमा नेपाल विजयी भए पहिलो पटक टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्ने छ । कमजोर मलेसियामाथि नेपालको लक्ष्य पनि त्यहि रहेको छ । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने आईसीसी एसिया टी ट्वान्टी विश्वकप छनोट अघि नेपाल विशेष प्रशिक्षणको लागि मलेसिया गएको हो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]