default_image

6 years ago

July 14, 2019

विनोदद्वारा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान कायम

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकीपर तथा आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले टी ट्वान्टी क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने नयाँ कीर्तिमान रचेका छन् ।

मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी अन्तर्राष्ट्रियमा २५ बलमै अर्ध शतक पुरा गर्दै नेपालबाट सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान कायम गरेका हुन् । विनोदले अनवार रहमानलाई इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै मात्र २५ बलमा ५ छक्का र ३ चौका सहित ५१ रनमा अविजित रहे । विनोदले सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने क्रममा पारस खड्काले शनिबार मात्रै मलेसियासँग ३२ बलमा पुरा गरेको रेकर्ड तोडेका हुन् ।

टी ट्वान्टी आईमा विनोद नेपालबाट अर्ध शतक पुरा गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि विनोदबाहेक पारस खड्काले २, सुवास खकुरेल र सन्दीप जोराले १-१ पटक अर्ध शतक प्रहार गरेका छन् । विनोदकै विष्फोटक ब्याटिङमा नेपालले मलेसियालाई १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा खेलाडी :
विनोद भण्डारी मलेसियाविरुद्ध २५ बलमा
पारस खड्का मलेसियाविरुद्ध ३२ बलमा
सुवास खकुरेल अफगानिस्तानविरुद्ध ४८ बलमा
सन्दीप जोरा यूएईविरुद्ध ४१ बलमा

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.