6 years ago
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

आइतबार १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा अभिनाश बोहोराले उत्कृष्ट बलिङ गर्दै ७ रनमात्र खर्चिए । मलेसियाका लागि ओपनर सैद अजिजले ३७ बलमा ७ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । ११ औं ओभरको पहिलो खेलमा सोमपाल कामीले अजिजलाई ललित नारायण राजवंशीबाट क्याच गराए ।
अजिजले पहिलो विकेटका लागि अर्का ओपनर विरनदीप सिंहसँग ९.५ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अभिनाष बोाहोराले कट विहाइन्ड निकाल्दै विकेटकीपर विनोेद भण्डारीबाट २३ बलमा २ चौका र १ छक्का सहित २३ रनमा आउट भए ।
मलेसियाको मध्यक्रमका ब्याट्सम्यानको प्रर्दशन भने खराब रह्यो । कप्तान अहमद फैज १७,शफिक शरिफ १०, अनवार अरुदीन ७ रनमा क्याच आउट गराए । तल्लोक्रममा अमिनुद्दीनले ११ बलमा ३ छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । मुहमद सहादत २१ रनमा अविजित रहे ।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट हात पारे । अभिनास बोहोरा, करण केसी, र कप्तान पारस खड्काको नाममा समान १-१ विकेट रह्यो ।
त्यसअघि विकेटकीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ क्षतिमा रन बनायो । टी ट्वान्टी आईमा नेपालले बनाएको यो हाल सम्मकै उच्च स्कोर हो । यस अघि सन् २०१४ को टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्द बनाएको १ सय ४९ रननै नेपालको टी ट्वान्टी आईमा उच्च स्कोर रहँदै आएको थियो । नेपाललाई कीर्तिमानी योगफलसम्म पुर्याउन विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का सहित ५१ रनमा अविजित रहे । उनले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले ४० रनको महत्वपूर्ण योगदान दिए । १६ औं ओभरको पहिलो बलमा छक्का, दोस्रोमा चौका र तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शरद अमिनुदीन रामिल्यबाट क्याच आउट हुनुअघि शरद भेषवाकरले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फलाई १० रनमा गुमाएको थियो । सैद अजिज को पाँचौ ओभरको पाँचौ बलमा फिल्डिरले क्याच छाडेपनि पारससँग रनमा तालमेल गर्न नसक्दा पवन रन आउट हुन पुगे । फ्रिती सामको छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल खराब सर्ट खेल्दै ७ रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा कप्तान पारस खड्का पनि ठूलो सर्ट खेल्ने धुनमा विरनदीप सिंहबाट २३ रनमा क्याच आउट भए । पारसले १९ बलमा समान समान २ चौका र छक्का प्रहार गरे ।

चौथो विकेटका लागि रोहित कुमार पौडेल र ब्याट्सम्यान शरद भेषवाकरले ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सैद अजिजको १३ औं ओभरको पाँचौ बलमा रोहित सामबाट १९ रनमा क्याच आउट भए । रोहितले २३ बलमा १ चौका प्रहार गरे । त्यस्तै करण केसीले ब्याटिङ गर्दै १० बलमा समान १ चौका र छक्का सहित १६ रनमा क्याच आउट भए ।
मलेसियाका लागि फ्रिती सामले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सैद अजिज र सर्विन मुनियनले समान एक विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]