6 years ago
July 14, 2019
एजेन्सी – एकदिवसिय विश्वकप २०१९ फाइनलमा लागि आज घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि लर्डसमा सुरु हुने छ । दुबै टोली पहिलो पटक उपाधि जित्ने दाउमा रहेका छन् ।

सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित हुँदै तीन पटक उप विजेतामा निराश बनेको इंग्ल्यान्ड यस पटक भने च्याम्पियन बन्न चाहान्छ । तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको घरेलु टोली इंग्ल्यान्डले पाँच पटकको विजेता अष्टेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यता चौथो स्थानमा रहेर सेमिफाइनल खेलेको न्युजिल्यान्डले उपाधिको प्रमुख दाबेदार भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा लगातार दोस्रो पटक प्रवेश गरेको हो ।
तुलानात्मक रुपमा न्युजिल्यान्ड भन्दा इंग्ल्यान्ड बलियो देखिन्छ । लिग चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । सेमिफाइनलको प्रर्दशन हेर्दा न्युजिल्यान्ड र इंग्ल्यान्डले खेलाडीमा खासै परिवर्तन गर्ने सभावना देखिदैन । इंग्ल्यान्डका लागि जोसन रोय,जोफ्रा आर्चर र जो रुटको प्रर्दशन महत्वपूर्ण हुने छ । पछिल्ला खेलमा विकेटकीपर जस बटलरले ठूलो इनिङ खेल्न सकेका छैनन् । उनिबाट आज ठूलो इनिङको आसा गरिएको छ ।
यता न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन र रोश टेलर बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन सन्तोकजनक छैन । न्युजिल्यान्डको कमजोर पक्ष्य ब्याटिङ देखिएको छ । ओपनर मार्टिन गुप्टिल,हेनरी निकोलस,टम लेथमको खराब प्रर्दशन न्युजिल्यान्डलाई ठूलो चिन्ताको विषय हो । बलिङमा भारतलाई स्तब्ध पार्न उत्कृष्ट प्रर्दशन गरेका म्याट हेनरी र ट्रेन्ट बोल्टको प्रर्दशन आजको खेलमा पनि निर्णायक बन्न सक्छ ।
विश्वकपमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ९ खेल भएको छ । जसमा न्युजिल्यान्ड ५ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । त्यस्तै यी दुईदेशबीच कुल ८९ वान डे खेल भएको छ । जसमा न्युजिल्यान्ड ४३ खेलमा विजयी हुँदा ४० खेलमा पराजित भएको छ । २ खेल बराबरीमा सकिदा ४ खेलको नतिजा बिहीन छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]