6 years ago
July 15, 2019
एजेन्सी – अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी टिम अफ द टुर्नामेन्ट टोली घोषणा गरेको छ ।

सोमबार घोषणा टोलीको आईसीसी टिम अफ द टुनामेन्ट टोलीको कप्तानमा न्युजिल्यान्डका केन विलियमसन रहेका छन् । भारतीय चर्चित खेलाडी विराट कोहली आईसीसी टिम अफ द टुनामेन्टमा अटाएका छैनन् । आईसीसी टिम अफ द टुनामेन्टमा इंग्यान्डबाट सर्वाधिक चार खेलाडी अटाएका छन् ।
त्यस्तै न्युजिल्यान्डबाट ३, भारत र अष्टेलियाबाट समान २ खेलाडी अटाएका छन् भने बंगलादेशबाट १ जना खेलाडी अटाएका छन् । वेस्ट इन्डिज,दक्षिण अफ्रिका,श्रीलंका,पाकिस्तान,अफगानिस्तानबाट भने कुनै खेलाडी अटाएका छैनन् । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताकोे उपाधि सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै आईतबार राती घरेलु टोली इंग्ल्यान्डले जितेको थियो । विराटसँगै डेविड वार्नर, राशिद खान, ग्लेन म्याक्सवेल लगातका स्टार खेलाडी परेका छैनन् ।

आईसीसी टिम अफ द टुर्नामेन्ट टोली :
जेसन रोय, रोहित शर्मा, केन विलियमसन(कप्तान), जो रुट, सकीब अल हसन, बेन स्टोक्स, एलेक्स केरि(विकेटकीपर), मिचेल स्टार्क, जोफ्रा आर्चर, लोकी फर्गुसन र जसप्रित बुमराह । ट्रेन्ट बोल्ट (१२ अौं खेलकुद)
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]