default_image

6 years ago

July 15, 2019

‘विलियमसनसँग जीवनभर माफी माग्छु’ – स्टोक्स

161 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले आफुले जीवनभर न्युजिल्यान्डका कप्तान केन विलियमसनसँग माफि माग्ने बताएका छन् ।

न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यानडलाई पहिलो पटक विश्वकप उपाधि जिताउन नायक बनेका स्टोक्सले उपाधि जितेपछि यस्तो बताएका हुन् । २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती २ बल डट गरे ।

त्यसपछि बेन स्टोक्सले तेस्रो बलमा छक्का र चौथो बलमा २ रन लिँदा मार्टिन गुप्टिलले फ्याकेको थ्रोमा रन लिनेक्रममा स्टोक्सको ब्याट्मा लागेर बल चौका गएपछि इंग्ल्यान्डले ६ रन पाएको थियो । उक्त अोभरथ्रो रनले नै इंग्ल्यान्डले उपाधि यात्रा तय गरेको थियो । स्टोक्सले अन्जानमा भएको उक्त स्थितिलाई लिएर विलियमसनसँग माफी मागेका हुन् ।

इंग्ल्यान्डको लागि बेन स्टोक्स ९८ बलमा ५ चौका र २ छक्का सहित ८४ रनमा अविजित रहे । सुपर ओभरमा पनि स्टोक्सले उत्कृष्ट प्रर्दशन गरेका थिए । उपाधिपछि स्टोक्सले भने,’जीवनभर विलियमसनसँग माफि माग्ने छु । जुन तरिकाले रन आयो मैले त्यस्तो चाहेको थिइँन ।’

इंग्ल्यान्डलाई उपाधि दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका स्टोक्सले यो प्रर्दशन जीवनभर सधै यादगार रहने बताए । ‘इंग्ल्यान्डले जित्दा म यति खुसी छु की बोल्ने कुनै शब्द छैन । लर्डस मैदानमा समर्थक र परिवारकासाथ म्यान अफ द म्याच जित्नु मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो’,उनले भने । बेन स्टोक्सको जन्म सन् १९९१ जुन ४ मा न्युजिल्यान्डको क्राइस्टचर्चमै भएको हो ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.