6 years ago
July 19, 2019
एजेन्सी – नेपालले जुलाई २२ देखी सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ । मलेसियामा अभ्यासमा व्यस्त नेपाल २० जुलाईमा उतैबाट सिंगापुर जाने कार्यक्रम छ ।

नेपाल सहित कतार, कुवेत, सिंगापुर र मलेसिया सहभागि प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउने छ । ग्लोबल छनोटका उत्कृष्ट टोलीले अर्को वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा खेल्न पाउने छन् ।
आईसीसीले गत वर्ष देखी आफ्ना सबै १ सय ५ सदस्य राष्ट्रलाई टी ट्वान्टी आईको मान्यता दिएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने सम्पूर्ण आईसीसीका खेलहरु टी ट्वान्टी आई मान्यता हुनेछ । त्यसअघि आईसीसीले वान डे राष्ट्र बाहेकलाई टी ट्वान्टी आई मान्यता दिएको थिएन ।
टी ट्वान्टी आईमा नेपालले सन् २०१४ को विश्वकपमा हङकङसँग डेब्यू गरेको थियो । नेपालले हालसम्म १७ टी ट्वान्टी आई खेल खेलको छ। जसमा उच्च स्कोर १ सय ७३ हुँदा सबैभन्दा कम स्कोर ५३ रहेको छ । १७ टी ट्वान्टी आईमा हालसम्म नेपालबाट सर्वाधिक रन बनाउने ५ खेलाडी र ती खेलाडीको प्रर्दशन यसप्रकार छ :
५. सुवास खकुरेल (विकेटकिपर / ओपनर)
नेपाली राष्ट्रिय टोलीका ओपनर तथा विकेटकीपर सुवास खकुरेल हातमा चोट र खराब लयका कारण पछिल्लो सयम टोलीमा छैनन् । सुवासले ८ टी ट्वान्टी आईमा १४ को औसतमा कुल १ सय १२ रन जोड्दा उत्कृष्ट प्रर्दशन ५६ रहेको छ । स्ट्राइक रेट ८० को रहँदा १० चौका र १ छक्का उनको कुल रनमा सामेल छ ।

विश्वकपमा हङकङसँग डेब्यू गर्दै २२ रन बटुलेका उनले बंगलादेशसँग ८ रनमा आउट भए । अफगानिस्तानविरुद्ध ५६ रन प्रहार गर्दै सुवास नेपालबाट टी ट्वान्टी आई र विश्वकपमा अर्ध शतक प्रहार गर्ने पहिलो पहिलो खेलाडीको कीर्तिमान रचे । उनकै अर्धशतकको मद्दतमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित हात पारेको थियो । त्यसपछि भने सुवासको प्रर्दशन खराब रहँदै आएको छ । सुवासले पछिल्ला पाँच खेलमा २६ रन मात्रै जोडेका छन् ।
४. सोमपाल कामी (अलराउन्डर)
तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक रन बनाउने चौथो खेलाडी हुन् । १७ खेल मध्य ११ इनिङमा ४ पटक नट आउट रहँदै कुल १ सय १३ रन जोडेका छन् । कुल १० चौका र ४ छक्का प्रहार गरेका सोमपालको स्ट्राइकरेट १ सय १४ रहको छ । विश्वकपमा बलिङमा उत्कृष्ट प्रर्दशन गरेपनि सोमपालले ब्याटिङ गर्ने मौका पाएनन् ।

सोमपालले सन् २०१५ मा हङकङसँगको चौथो टी ट्वान्टी खेलमा पहिलो पटक ब्याटिङ गर्दै ४० रन जोड्दै विश्व कीर्तिमान रचे । सोमपाल टी ट्वान्टी आईमा दशौं नम्बरमा आएर ४० रन बनाउने विश्वकै पहिलो खेलाडी हुन् । त्यस यता गत माघमा यूएईसँगको पहिलो टी ट्वान्टी खेलमा २७ रन जोड्न बाहेक ठूलो इनिङ खेल्न सकेका छैनन् ।
३. ज्ञानेन्द्र मल्ल (शीर्षक्रम ब्याट्सम्यान)
पछिल्लो समय उप कप्तान ज्ञानेन्द्र मल्लको प्रर्दशन सम्झन लायक छैन । टी ट्वान्टी आईमा मल्लले सन् २०१४ देखी हालसम्म १७ खेलमा १६ इनिङमा १२.६२ को औसतमा कुल २ सय २ रन जोडेका छन् । सर्वाधिक स्कोर ४८ रन रहँदा स्ट्राइक रेट ९३ छ । जसमा कुल २४ चौका र ३ छक्का सामेल छ ।

विश्वकपमा हङकङसँग डेब्यू गर्दै ४८ रन जोडेका मल्लले त्यस यता ठूलो इनिङ खेल्न सकेका छैनन् । मल्लले पछिल्ला १० टी ट्वान्टीमा ७८ रनमात्रै जोडेका छन् । जसको कारण चर्को आलोचना खेपिरहेका छन् ।
२. शरद भेषावकर (मध्यक्रम ब्याट्सम्यान)
नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर १३ टी ट्वान्टी आईको १२ इनिङमा २३.१८ को औसतमा कुल २ सय ५५ रन जोडेका छन् । स्ट्राइक रेट ९९ को रहँदा कुल २० चौका र ६ छक्का प्रहार गरेका छन् । सर्वाधिक स्कोर ४० रहेको छ । भेषावकर औसतमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

शरदले हङकङसँग विश्वकपमा डेब्यू गर्दै १४ रन जोडेका थिए । बंगलादेशसँग ४० रन जोडेका उनले अफगानिस्तानसँग ३७ रन बनाउदै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए । यसै साता मलेसियासँगको दुई टी ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा १६ र दोस्रो खेलमा ४० रन जोडे । शरदले टी ट्वान्टी खेलमा नेपालबाट भरपर्दा ब्याट्सम्यान र फिनिसर हुन् । भिटामीन डी अभावको कारण शरदले गत माघमा यूएईसँगको टी ट्वान्टी सिरिज गुमाएका थिए ।
१. पारस खड्का (कप्तान)
धेरैले कप्तान पारस खड्कालाई नेपाली टोलीको ‘वान म्यान आर्मी’ अर्थात ‘एकल योद्धा’ भन्ने गर्दछन् । नेपालको नतिजामा पारसको प्रर्दशन निर्णायक हुने गर्दछ । पारस नेपालबाट टी ट्वान्टी आईमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले १७ खेलमा १६ इनिङमा ब्याटिङ गर्दै २८.५० को औसतामा कुल ३ सय ९९ रन बनाएका छन् । स्ट्राइक रेट १ सय १७ रहँदा २ अर्ध शतक सामेल छ । जसमा ३७ चौका र ९ छक्का सामेल छ ।सर्वाधिक प्रर्दशन ८६ नट आउट रहेको छ ।

पारसले हङकङविरुद्ध विश्वकपमा डेब्यू गर्दै ४१ रन जोडेका थिए । पारस बंगलादेशसँगको खेलमा ४१ र अफगानिस्तानसँगको खेलमा भने १ रन मा आउट हुन पुगे । त्यस्तै सन् २०१५ मा नेदरल्यान्डसँगको चार टी ट्वान्टी सिरिजमा क्रमश : ४५, २, ३६ र ५४ रन जोडेका थिए । त्यसयता औसत प्रर्दशन गर्दै आएका पारसले यसै साता मलेसियासँग पहिलो खेलमा ८६ रनमा अविजित रहँदै नेपालबाट टी ट्वान्टी आईमा सर्वाधिक व्यक्तिगत रन र दोस्रो अर्ध शतक पुरा गर्ने खेलाडी बने ।
लगातर कमजोर देखिएको ओपनिङ प्रर्दशन सुधार गर्न पारस यूएईसँगको सिरिज देखी आफै ओपनरको रुपमा मैदान उत्रदै आएका छन् । पारसले त्यस अघि चौथो नम्बरमा ब्याटिङ गर्ने गर्दथे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]