default_image

6 years ago

July 19, 2019

विश्वकप छनोटको लागि नेपालको तयारी पुरा

122 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो सम्पूर्ण तयारी पुरा गरेको छ । मलेसियामा १० दिनको विशेष प्रशिक्षणसँगै नेपालको तयारी पुरा भएको हो ।

कप्तान पारस खड्का

नेपाली टोली शनिबार सिंगापुर आउने कार्यक्रम रहेको छ । नेपालले सिंगापुर आएर २ दिन प्रशिक्षण गर्ने सम्भावना रहेको छ । २२ जुलाई देखी २८ सम्म सिंगापुरमा चल्ने उक्त प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगमी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्ने पाउनेछ ।

छनोट प्रतियोगिताको तयारीको रुपमा मलेसियासँगको दुई टी ट्वान्टी आई सिरिज क्लिन स्वीप गरेपनि नेपालले आफ्नो स्तरअनुसार प्रर्दशन गर्न भने सकेन । सिंगापुर र मलेसियाको वातावारण उस्तै रहेकाले नेपालले मलेसियामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले पहिलो खेल २३ जुलाईमा कतारसँग खेल्ने छ । त्यस्तै २४ जुलाईमा मलेसियाको सामना गर्ने छ । २७ मा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्ने । तुलानात्मक रुपमा कमजोर टोलीमाथि नेपाललाई सहज जितसँगै कीर्तिमान बनाउने राम्रो अवसर छ ।

मलेसियामा प्रशिक्षणको अन्तिम दिन क्रिकेटिङनेपालसँग बोल्दै कप्तान पारस खड्काले मलेसिया भ्रमण उत्कृष्ट रहेको बताए । ‘अन्य टोलीलाई बढी दबाब हामीलाई छ । उत्कृष्ट क्रिकेट खेल्न आवश्यक छ र साथै सबै विपक्षी टोली बराबर छन्”,पारसले भने । पारसले ओपनिङ कसले गर्ने भन्दापनि टोलीलेको नतिजा उत्कृष्ट हुनुपर्ने बताए ।

नेपाली टोली : पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहोरा, विनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.