6 years ago
July 20, 2019
एजेन्सी – भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आगमी दुई महिना सम्म आर्मीमा तालिम गर्ने भएका छन्।धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नल हुन् ।

शनिबार भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई) ले आधिकारीक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम फिर्ता लिएको जनाएको छ । त्यस्तै धोनीले तत्काल आफ्नो क्रिकेट करिअरबाट सन्न्यास नलिने भएका छन् ।
धोनीका म्यानेजर अरूण पाण्डेले धोनीले तत्काल सन्न्यास नलिने बताएका छन्। ढल्किदो उमेरसँगै विश्वकपछि धेरैले धोनीले सन्न्यास लिन सक्ने अनुमान गरेका थिए । तर उनका म्यानेजर पाण्डेले पीटीआईसँग कुराकानी गर्दै सन्न्यास नलिने पुष्टि गरेका हुन् । भारतले आईतबार वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे क्रिकेटको लागि आफ्नो सदस्य घोषणा गर्ने बताईएको छ ।
३८ वर्षीय धोनी आगामी वान डे विश्वकप नखेल्ने हुँदा उनको स्थानमा युवा खेलाडीलाई मौका दिनु पर्ने कसैको तर्फ छ भने केहि चर्चित बिश्लेषकहरुले धोनीलाई टोलीमा निरन्तरता दिनुपर्ने बताउदै आएका छन् । भारत गत आइतबार इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा न्युजिल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएपछि धोनीको सन्न्यासको चर्चा चलेको थियो ।
टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रर्फि गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]