default_image

6 years ago

July 21, 2019

क्रिकेटका असली जेन्टलम्यान!

143 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

क्रिकेटमा कुनै भर हुँदैन । अन्तिम बल र विकेट सम्म कुनै पनि बेला खेल जसको पक्षमा पनि जान सक्छ । कागजी रुपमा बलियो टोली भएर मात्रै पुग्दैन । मैदानमा जसले बलियो प्रर्दशन गर्न सक्छ उसैले खेल जित्ने हो । चाहे कमजोर मानिएको टिम नै किन नहोस् । बलियो टिमलाई हराउन कमजोर टिमले त्यो भन्दा अझ बलियो प्रर्दशन गर्न आवश्यक पर्दछ ।

एक साता अघि इंग्ल्यान्ड र वेल्समा सम्पन्न एक दिवसिय विश्वकप क्रिकेटमा देखिएको नजिता यसको राम्रो उदारण हो । न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुग्ला भनेर कमैले सोचेका थिए । त्यहि न्युजिल्यान्डले सबैलाई आश्चर्य पार्दै विश्वकपको फाइनलमा पुग्दै सनसनी मच्चायो । तर दुभाग्र्य भन्नुपर्छ चौका छक्का कम प्रहार गर्दा इंग्ल्यान्ड च्याम्पियन बन्यो ।

न्युजिल्यान्ड र इंग्यान्डबीचको फाइनल विश्व क्रिकेटमा हालसम्मकै सर्वाधिक रोमान्चक खेल बन्यो । फाइनल र सुपर ओभर दुबै बराबर भएपछि बाउन्ड्री काउन्टको आधारमा इंग्ल्यान्ड च्याम्पियन बन्यो । विश्वकपपछि इंग्ल्यान्डको जित भन्दा न्युजिल्यान्डको उत्कृष्ट प्रर्दशनको चर्चा र प्रशंसा बढि भयो । धेरै क्रिकेट विश्लेषकहरु न्युजिल्यान्ड र इंग्ल्यान्ड दुबैलाई संयुक्त रुपमा विजेता घोषणा गनुृपर्ने धारणा राखे । सुपर ओभरमा पुगेको खेल बाउन्ड्री संख्याका आधारमा विजेता घोषित हुने नियमको संसारभर आलोचना भइरहेको छ ।

हारका बाबजुदपनि सबैले न्युजिल्यान्डको प्रर्दशनलाई मुक्तकण्ठले प्रंशसा गरि रहेका छन् । शीर्षक्रमका ब्याट्सम्यानको खराब प्रर्दशनका बाबजुदपनि फाइनल यात्रा तय गर्न सफल रहयो । त्यसका एकमात्र कारण हुन् कप्तान केन विलियमसन । उनले उत्कृष्ट कप्तानीमा टोलीलाई अघि बढाई रहे । मैदानमा कप्तानले देखाउने व्यवहारले खेलाडीको प्रर्दशनमा ठूलो प्रभाव पार्ने गर्दछ भन्ने उनले प्रष्ट पारिदिए ।

विलियमसनको कप्तानी साँच्चै गर्व लायक र प्रशंसा योग्य रह्यो । शान्त स्वभावमा खराब प्रर्दशनमा पनि विलियमसनले मुस्कुराउँदैं खेलाडीलाई उत्कृष्ट प्रर्दशन उर्जा थपि रहन्थे । फिल्डर सजावट,खेलाडी र बलिङ परिवर्तन पनि त्यतिकै उत्कृष्ट रह्यो । विलियमसनले खेलाडीले खराब प्रर्दशन गर्दा,क्याच,फिल्डिङ र बलिङ खराब गर्दा पनि हाँस्दै राम्रो प्रर्दशनको लागि प्रेरणा दिने गर्दथे । विलियमसनले दक्षिण अफ्रिका र वेस्ट इन्डिज दुवैको खेलमा शतक प्रहार गर्दा पनि सामान्य सेलिब्रेसन गरे ।

विलियमसन र भारतीय क्रिकेट टोलीका विराट कोहलीको कप्तानीमा धेरै फरक देखिन्थ्यो । यी दुवै कप्तान हुन् । कोहलीलाई आधुनिक क्रिकेटमा नम्बर वान ब्याट्सम्यान समेत भन्ने गरिन्छ । कोहली खेलाडीले सानो सानो गल्तीमा पनि रिसाउने गर्दछन् । जसको असर खेलाडीको प्रर्दशनमा परेको देखिन्थ्यो । कोहली चाडैं आक्रोशित हुने गर्दछन् । कोहली दबाब र खराब प्रर्दशनमा आफुलाई कमै मात्रमा सम्हाल्ने गर्दछन् । सम्रगमा विश्वकपमा न्युजिल्यान्डको टोली खासै बलियो भने थिएन । त्यसैले लिग चरणमा पाकिस्तानलाई नेट रनरेटले पछि पार्दै न्युजिल्यान्ड अन्तिम चारमा रहँदै सेमिफाइनल खेलेको थियो ।

बलिङ मजबुत रहँदा ब्याटिङमा विलियमसन र रोस टेलर बाहेक अन्य कुनैपनि खेलाडी लयमा थिएनन् । तैपनि विलियमसनले आफ्नो पक्षमा नतिजा निकाली रहे । विलियमसनले ९ इनिङमा समान २ शतक र अर्ध शतक सहित कुल ५ सय ७८ रन जोड्न सफल भए ।

सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई स्तब्ध पार्ला भनेर सोच्न पनि कठिन पर्दथ्यो । किनभने विश्वकपमा सर्वाधिक बलियो र सन्तुलन टोली भारतलाई मानिएको थियो । समुह चरणमा पनि भारतले उत्कृष्ट प्रर्दशन गरेको थियो । धेरैले भारतलाई उपाधिको प्रमुख दाबेदार मानेका थिए । तर विलियमसनको कप्तानीको अगाडी भारतको केहि लागेन । भारत २ सय ४० रनको लक्ष्य पनि पक्ष्याउन नसक्दा सेमिफाइनलाटै बाहिरियो ।

यसबाट के प्रष्ट हुन्छ भने कुनै पनि टोलीका खेलाडी मात्रै उत्कृष्ट भएर मात्रै हुँदैन त्यसलाई नेतृत्व गर्ने क्षमता पनि उत्तिकै उत्कृष्ट हुनुपर्छ । कागजी रुपमा न्युजिल्यान्ड भन्दा भारत धेरै बलियो टोली हो । वान डे क्रिकेटमा विलियमसन न्युजिल्यान्डका लागि सर्वाधिक सफल कप्तान समेत मानिन्छन् । विलियमसनले ३९ वान डे खेलमा कप्तानी गर्दा १९ खेलमा जित दिलाएका छन् । विलियमसनपछि बे्रन्डम म्याकुलम र ड्यानियल भिटोरीले समान २८ खेलमा १३ खेल जिताएका छन् ।

इंग्ल्यान्ड यस विश्वकपकै सर्वाधिक बलियो ब्याटिङ भएको टोली हो । इंग्ल्यान्डलाई २ सय ४२ रनको लक्ष्य बराबरीमा रोक्न विलियमसनको कप्तानी तारिफ योग्य रह्यो । प्रर्दशन उत्कृष्ट कप्तानीले गर्दानै आईसीसीले विश्वकपमा विलियमसनलाई म्यान अफ द सिरिज घाषणा गर्यो ।

विलियमसन आधुनिक क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान मध्यका एक हुन् । विश्वकपको नतिजाले भने विलियमसन आधुनिक क्रिकेटका सर्वोत्कृष्ट कप्तान रहेको प्रमाणित गर्दछ । न्युजिल्यान्डले उपाधि जित्न सकेन तर उपाधि जितेको इंग्ल्यान्डले भन्दाबढि मन जित्न भने सफल भयो । जसको श्रेय विलियमसन र उनको कप्तानीलाई दिनुपर्छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.