default_image

6 years ago

July 21, 2019

वेस्टइन्डिज भ्रमणको लागि भारतीय टोली घोषणा

131 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजसँग हुने दुई टेष्ट र वान डे र टी ट्वान्टी सिरिजको लागि भारतले फरक फरक टोली घोषणा गरेको छ । आइतबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले दुई युवा खेलाडीलाई मौका दिदै टोली घोषणा गरेको छ ।

टी ट्वान्टी घोषणा टोलीमा युवा खेलाडी राहुल चाहर र नवादिप सैनीलाई पहिलो पटक मौका दिएको छ । लेग स्पिनर राहुलले गत वर्ष मुम्बई इन्डियन्सबाट आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । त्यस्तै रोयल च्यालेन्जर्स बेंगलोरबाट आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका तीब्र गतिका बलर सैनीलाई पनि मौका दिएको छ । सैनी वान डे टोलीमा पनि परेका छन् । घोषणा टोलीमा विकेटकीपर महेन्द्र सिंह धोनी,हार्दिक पान्ड्या,दिनेश कात्तिक र विजय शंकर छैनन् ।

तीव्र गतिका बलर जसप्रित बुमराहलाई वान डे र टी ट्वान्टीमा आराम दिँदा टेष्टमा भने समेटिएको छ । धोनीले भने आफ्नो नाम आर्फै फिर्ता लिएको बुझिएको छ । भारतले आगमी अगष्ट पहिलो साता देखी सेप्टेम्बर तेस्रो साता सम्म वेस्ट इन्डिजसँग तीन टी ट्वान्टी,तीन वान डे र दुई टेष्ट खेल्ने कार्यक्रम रहेको छ ।

टी ट्वान्टी टोली :
विराट कोहली (कप्तान),रोहित शर्मा(उपकप्तान) शिखर धवन,केएल राहुल,श्रेयस अय्यर,मनिष पाण्डे, ऋषभ पन्त क्रुणाल पाड्या,रविन्द्र जडेजा,वाशिंगटन सुन्दर,राहुल चाहर,भुवनेश्वर कुमार,दीपक चाहर,खलील अहमद,दीपक चाहर,नवदीप सैनी ।

वान डे टोली :
विराट कोहली (कप्तान),रोहित शर्मा (उपकप्तान),शिखर धवन, केएल राहुल,श्रेयस अय्यर,मनिष पाण्डे, ऋषभ पन्त,रविन्द्र जडेजा,कुलदीप यादव,युजवेन्द्र चहल,केदार जाधव,मोहम्मद शमी,भुवनेश्वर कुमार,अलील अहमद नवदीप सैनी ।

टेष्ट टोली :
विराट कोहली (कप्तान),अजिंक्य रहाणे (उपकप्तान),मयंक अग्रवाल, केएल राहुल,चेतेश्वर पुजरा,हनुमा विहारी,रोहित शर्मा,ऋषभ पन्त,रिद्धिमान शाह,रविचन्द्र अश्विन,रविन्द्र जडेजा,कुलदीप यादव,इशांत शर्मा,मोहम्मद शामी,जसप्रीत बुमराह,उमेश यादव ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.