default_image

6 years ago

July 22, 2019

‘दर्शकको समर्थन हाम्रो बलियो पक्ष’ – कप्तान पारस

158 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली हाल आईसीसी टि-२० विश्वकपको एसिया क्षेत्र छनोट खेल्न सिंगापुरमा छ । प्रतियोगिता सुरु हुनुअघि पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पारस खड्काले नेपाली समर्थक टोलीको बलियो पक्षमध्य एक रहेको अभिव्यक्ति दिएका छन् ।

कप्तान खड्काले नेपाली समर्थकहरुले जहाँसुकै गएर खेलेपनि हौसला बढाउन मैदानमा आउँदा टोलीलाई सहज हुने बताए । ‘ हाम्रो समर्थकहरु हामीले प्रत्यक खेल जितेको हेर्न चाहनुहुन्छ । हामी जहाँ गएपनि हाम्रो लागि समर्थकको संख्या बलियो पक्ष हुने गरेको छ । समर्थकले हामीलाई अझै राम्रो प्रदर्शन गर्न प्रेरित गर्नुहुन्छ,’ उनले थपे, ‘ हामीले आशा गरेका छौं कि यहाँ पनि राम्रो संख्यामा दर्शकको उपस्थिति रहनेछ । नेपालमा पनि खेलको प्रत्यक्ष प्रसारण हुने भएकाले थुप्रैले हेर्ने अपेक्षा गरेका छौं ।

नेपाली टोलीले विश्वकप खेलेको लामो समय भइसकेको र अबको लक्ष्य अष्ट्रेलियामा हुने विश्वकपको लागि छनोट हुनु रहेको कप्तान खड्काले बताए । ‘ हामीले पछिल्लो पटक सन् २०१४ मा विश्वकप खेलेको धेरै समय भइसकेको छ । अब हाम्रो लक्ष्य अष्ट्रेलिया विश्वकपको लागि छनोट हुनु हो । त्यहाँसम्म पुग्न सहज छैन । पहिला हामीले यो चरण पार गरेर ग्लोबल छनोटमा पुग्नुपर्छ । त्यसपछि हामीले ग्लोबल छनोटबारे सोच्ने हो,’ उनले भने ।

टि-२० फर्म्याटमा जुनै टोलीले पनि जित दर्ता गर्न सक्ने हुनाले हरेक खेललाई गम्भीरतापूर्वक लिने कप्तान खड्काको बुझाइ छ । ‘ प्रतियोगितामा हरेक टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको हुन्छ । मलेसियामा गरेको तयारीले हामीलाई केहि सहज हुन्छ तर अन्य टोली पनि राम्रो तयारीसाथ यहाँ आएका छन् । हरेक खेलको महत्त्व छ र हामीले पालैपालो आफ्नो योजना अबलम्बन गर्नेछौं,’ उनले थपे ।

पारसले टोलीको ‘टिम स्पिरिट’ बलियो रहेको र यसले नै टोलीको प्रदर्शनमा सहयोग पुग्ने धारणा व्यक्त गरे । नेपालले प्रतियोगिताको पहिलो दिन कुनै खेल खेल्ने छैन । नेपालको पहिलो खेल मंगलबार कतारविरुद्ध हुनेछ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.