default_image

6 years ago

July 22, 2019

नेपालले उपाधि जित्न सक्ने ४ आधार

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट प्रतियोगिता सोमबारदेखि सिंगापुरमा सुरु भएको छ ।

आयोजक सिंगापुरसहित नेपाल, कतार, मलेसिया र कुवेत सहभागि प्रतियोगिताको शीर्ष टोलीले आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ । ग्लोबल छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ देशमध्य उत्कृष्ट प्रर्दशन गर्ने ६ टोलीले आगमी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

मलेसियाबाट १० दिने विशेष प्रशिक्षण र दुई टी ट्वान्टी सिरिज क्लिनस्वीप गर्दै शनिबार नेपाली टोली सिंगापुर पुगिसकेको छ । नेपालले मलेसियासँगको सिरिज क्लिन स्विप गरेपनि आफ्नो स्तर अनुसार प्रर्दशन गर्न भने सकेन ।

नेपाल यस प्रतियोगिताकै सर्वाधिक बलियो टोली हो । नेपाल अन्य चार टोलीभन्दा निकै अब्बल देखिन्छ । कमजोर टोलीमाथि नेपालले सहज जितसँगै थुप्रै कीर्तिमान बनाउन सक्ने अनुमान गरिएको छ । नेपाली खेलाडी र टिम दुबैलाई कीर्तिमान बनाउने राम्रो अवसर पनि हो ।

नेपालले यस प्रतियोगिताको उपाधि जित्दै आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल टी ट्वान्टी विश्वकप छनोट खेल्न सक्ने यी चार बलिया आधार पनि छन् ।

४. पारसको उत्कृष्ट लय

नेपाली राष्ट्रिय टोलीमा कप्तान पारस खड्कालाई धेरैले ‘वान म्यान आर्मी’ अर्थात एकल योद्धा भन्ने गर्दछन् । पछिल्लो समय पारस उत्कृष्ट लयमा छन् । पारस लयमा हुनु नेपालको लागि बलियो पक्ष्य हो । नेपालको अधिकांश जित कप्तान पारसको प्रर्दशनमा निर्णायक रहने गर्दछ । पारसले उत्कृष्ट प्रर्दशन गर्दा अन्य खेलाडीले पनि दबाब महसुस गर्न पाउँदैनन् ।

पारसले एक साता अघि मलेसियासँगको पहिलो खेलमा ८६ रनमा अविजित रहँदै उत्कृष्ट इनिङ खेलेका थिए । दोस्रो खेलमा पनि २३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । पारसले गत माघमा युएईसँगको तेस्रो वान डे खेलमा उत्कृष्ट शतक प्रहार गरेका थिए । त्यस्तै ऐतिहासिक टी ट्वान्टी सिरिज जिताउन पनि पारसको योयदान महत्वपूर्ण थियो । जुन लयलाई पारसले एसिया विश्वकप छनोटमा पनि निरन्तरता दिने आसा गरिएको छ ।

उत्कृष्ट लयमा रहेका पारस ठूलो इनिङ खेल्दै टोलीको सहज जित पक्का गर्न सक्छन । पारस ब्याटिङमा मात्रै होइन बलिङमा पनि त्यतिनै प्रभावशाली प्रर्दशन गर्ने गर्दछन् । नेपालको जितमा सधैं नायक बन्ने पारसले आफ्नो लयलाई निरन्तरता दिए नेपाल सहजै च्याम्पियन बन्न सक्छ ।

३. मजबुत मध्यक्रम

पछिल्लो समय नेपाली ब्याटिङमा केहि सुधार भएको अनुभुव गर्न सकिन्छ । ओपनङिमा समस्या रहेपनि मध्यक्रम भने मजबुत बन्दै गएको छ । अनुभवी ब्याट्सम्यान शरद भेषवकरसँगै, रोहित कुमार पौडेल, हिटर विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल मध्यक्रमका बलिया आधार हुन् । ज्ञानेन्द्र बाहेक अन्य सबै खेलाडी राम्रो लयमा छन् । मल्ल पछिल्लो समय खासै राम्रो लयमा छैनन् ।

खराब प्रर्दशनका कारण चर्को आलोचना खेपि रहेका मल्ललाई पनि उत्कृष्ट प्रर्दशन गर्नुपर्ने दबाब त्यतिकै छ । विनोदले मलेसियासँग दोस्रो खेलमा २५ बलमा ५१ रनमा अविजित रहँदै उत्कृष्ट फिनिसिङ गरेका थिए । त्यस्तै गत माघपछि टोलीमा फर्किए शरदले पनि मलेसियासँगको खेलमा राम्रो प्रर्दशन गरे । शरदको आगमनले मध्यक्रम झनैं बलियो बनेको छ । तल्लोक्रममा सोमपाल कामी र करण केसी पनि ठूलो इनिङ खेल्न सक्ने क्षमता राख्छन् । आफ्नो क्षमता अनुसारको प्रर्दशन गर्न सके नेपाल सहजै च्याम्पियन बन्न सक्छ ।

२. टोलीमा कडा प्रतिस्पर्धा

पछिल्लो समय नेपाली टोलीमा स्थान बनाउन खेलाडीमा एकअर्काबीच कडा प्रतिस्पर्धा छ । खराब प्रर्दशन कुनै पनि खेलाडीलाई छुट छैन । यस विश्वकप छनोटमा पनि नेपाली टोलीको बलिङमा उच्च प्रतिस्पर्धा देखिन्छ । स्पिनरको रुपमा सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित नारायण राजवंशी रहेका छन् । त्यस्तै तीब्र गतिका बलरका रुपमा सोमपाल कामी, करण केसी र अभिनाष बोहोरा छन् । नेपालले कुन कुनलाई मैदान उतार्छ भनेर भन्न कठिन छ ।

मलेसियासँगको पहिलो खेलमा तीनै स्पिनरलाई मैदान उतार्दा अभिनाषलाई बेन्चमा राखेको थियो । दोस्रो खेलमा वसन्त रेग्मीलाई आराम दिदै अभिनाषलाई मौका दिएको थियो । जुन अवसरलाई अभिनाषले चुकाएनन् । अर्थात उत्कृष्ट प्रर्दशन गरेका थिए । बलिङमा नेपालको विकल्प धेरै छ । एक खेलमा खराब प्रर्दशन गर्दा खेलाडी पुरै प्रतियोगिता बाहिर बस्नुपर्ने संभावना पनि उतिकै रहन्छ । त्यसैले हरेक खेलमा सबै खेलाडी उत्कृष्ट प्रर्दशन गर्दै टोलीमा नियमीत स्थान बनाउन चाहान्छन् । जसको फाइदा नेपाललाई पुग्ने छ ।

१. कमजोर प्रतिद्वन्द्वी

एसिया कप छनोटमा नेपालले प्रतिस्पर्धा गर्ने मलेसिया,कतार,कुवेत र सिंगापुर तुलानात्मक रुपमा कमजोर टोली हुन् । यी चारै टोलीमाथि नेपाल निरन्तर हाबी हुँदै आएको छ । नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपनै खेल्दा अन्य चार टोली हालसम्म ग्लोबल छनोटमै पुग्न सकेका छैनन् ।

आईसीसी वरियतामा नेपाल ११, कतार २१, सिंगापुर २३, कुवेत २९ र मलेसिया ३५ औं स्थानमा छ । बलियो नेपाललाई उत्कृष्ट प्रर्दशन गर्न दबाब भने रहने छ । नेपाल अन्य चार टोली भन्दा कागजी,वरियता र प्रर्दशन तीनै कुरामा बलियो देखिन्छ । सहज प्रतिद्धोन्दी पाएको नेपालले आफ्नो क्षमता अनुसार प्रर्दशन गर्न सक्ने उपाधि चुम्न कुनै कठिन देखिदैन ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.