6 years ago
July 22, 2019
सिंगापुर (हाम्रोखेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको पहिलो दिन आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् । सिंगापुरले कतारलाई ३३ रन र मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७, रोहन रन्गराजन ३२,टिम डेविड ३८ र मनप्रित सिंह ३४ रनको योगदान दिए । कतारका लागि इकवाल हुसेनले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए ।
१ सय ८७ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । उसका लागि मोहम्मद रिजलान ३३, तमोर सज्जाद ३४, फैसल जावेद २९ रन जोडे । सिंगापुरका लागि तीव्र गतिका बलर जनक प्रकाशले म्यान अफ द म्याच प्रदर्शन गर्दै ३ विकेट हात पारे ।

त्यस्तै दोस्रो खेलमा टस जितेर मलेसियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ६२ रन जोडेको थियो । मलेसियाका लागि शफिक सरार्फ ३८,अमिनुदीन रमली ३३ र सैइद जजिज ३४ रन जोडे । कुवेतका लागि मोहम्मद अहसनले २ विकेट लिए ।
जितका लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभरमा अल आउट हुँदै १ सय २० रनमा समेटियो । उसका लागि मोहम्मद कासहिफले सर्वाधिक ५१ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । मुहम्मद सियाहदतले ३ तथा सैइद अजिज, पवनदीप सिंह र फ्रिती साहमले समान २-२ विकेट हात पारे । दोस्रो दिन मंगलबार नेपाल र कतार तथा सिंगापुर र कुवेतबीच खेल हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]