default_image

6 years ago

July 23, 2019

नेपाललाई अर्को झट्का, कप्तान पारस घाइते!

114 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी टि-२ विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा कतारविरुद्ध घाइते भएपछि दोस्रो खेलमा नखेल्ने सम्भावना रहेको छ । पहिलो खेलमा कतारसँग पराजित नेपाललाई अर्को झट्का लागेको हो ।

कतारविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको साझेदारीमा राम्रो सुरुवात पाएको थियो । यी दुईले ६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारस छैटौं ओभरको अन्तिम बलमा लामो सट प्रहार गर्ने धुनमा मिड विकेट बाउन्ड्रीमा समातिएका थिए । तर पारसले इनिङको पहिलो बलमा नै ढाडमा समस्या आएको बताए ।

‘पहिलो बलमा नै मेरो ढाडमा समस्या आयो । मैदानमा हुँदा धेरै दुखाइ थिएन त्यसैले खेलिरहे । आउट भएर फर्केपछि भने दुखाइ बढ्यो । दोस्रो इनिङमा उभिन नै समस्या भएपछि पेभेलियनमै बस्नुपर्यो,’ उनले भने । पारस मैदानमा खेल चलिरहँदा चिन्तित मुद्रामा देखिएका थिए । उनलाई खेलपछि हिड्न नै कठिनाइ भइरहेको थियो । उनको स्थानमा दोस्रो इनिङमा पवन सर्राफले पूरै समय फिल्डिङ गरेका थिए ।

दोस्रो इनिङमा चोटका कारण विश्राम लिँदै पारस

पारसलाई ढाडको समस्या नयाँ भने होइन । यसअघि उनी लामो समय उक्त समस्याबाट पिडित रहेका थिए । यसपटक भने समस्या सामान्य रहेको र केहि विश्रामपछि ठिक हुने उनले बताएका छन् । उनी भोलि खेल्ने वा नखेल्ने टुंगो भने लागिसकेको छैन ।

टोलीका प्रशिक्षक उमेश पटवालले पनि पारस दोस्रो इनिङमा मैदानमा नहुनुले नतिजामा असर परेको स्वीकारे । ‘ पारस एक उत्कृष्ट टोली नेता हुन् । उनले मैदानमा हुँदा रन जोड्ने मात्र नभएर टोलीको हौसला बढाउने र उचित निर्णय लिन सक्छन् । पारस मैदानमा नहुँदा टोलीको प्रदर्शनमा पक्कै असर गरेको हो । तर हारको कारण भने हाम्रो नराम्रो क्रिकेट खेल्नु नै हो,’ पटवालले भने ।

पारसले बुधबार मलेसियाविरुद्ध खेल गुमाएको खण्डमा बिहीबार र शुक्रबार पनि विश्राम लिनेछन् । नेपालले अन्तिम दुई खेल शनिबार र आइतबार आयोजक सिंगापुर र कुवेतसँग खेल्नेछ ।

खेलपछि कप्तान पारसले यसो भने :

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.