default_image

6 years ago

July 24, 2019

विश्वकप छनोट : वर्षा रोकिएपनि पारस नखेल्ने!

132 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ ।

अम्पायरसँग छलफलमा मलेसिया र नेपालका कप्तान

निरन्तर वर्षाका कारण खेल रद्द हुने प्रबल सम्भावना रहेको छ । त्यस्तै वर्षा रोकिए पनि टोलीका कप्तान पारस खड्का नखेल्ने भएका छन् । टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । पारस मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या आएपछि दोस्रो इनिङमा बाहिर बसेका थिए । उनको स्थानमा दोस्रो इनिङमा पवन सर्राफले पूरै समय फिल्डिङ गरेका थिए ।

पारसले आजको खेल गुमाउदा खण्डमा बिहीबार र शुक्रबार पनि विश्राम लिनेछन् । नेपालले अन्तिम दुई खेल शनिबार र आइतबार आयोजक सिंगापुर र कुवेतसँग खेल्नेछ ।

मौसम पूर्वानुमानका अनुसार स्थानीय समय २ बजेसम्म वर्षा हुने उल्लेख गरिएको छ । नेपालको खेल सुरु हुन कम्तिमा ११:५७ बजे खेल सुरु हुनु पर्नेछ । नेपाली समय ९:४२ सम्म सुरु हुनुपर्ने० नेपाली टोलीले खेलअघि वार्मअप गरेपनि टस हुनुभन्दा १० मिनेट अगाडिबाट वर्षा सुरु भएको छ । मौसम पूर्वानुमानका अनुसार अब नेपालको खेल अवधिभर वर्षा हुने बलियो सम्भावना रहेको छ ।

वर्षाले मलेसियाविरुद्ध खेल रद्द भएको अवस्थामा नेपाल अर्को चरण पुग्ने अंक गणितीय सम्भावना मात्र रहनेछ । अघिल्लो दिन कतारसँग ४ विकेटले पराजित हुनुको नतिजा नेपालको लागि भारि हुने भएको छ । आजको खेल रद्द भए मलेसियाले बाँकी खेलमा कम्तिमा एक हार भोगे मात्र नेपाल अगाडी बढ्नेछ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.