6 years ago
July 24, 2019
सुबास हुमागाईं, सिंगापुर
आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएसँगै सुरु हुने सम्भावना बढेको छ ।

नेपाल र मलेसिया दुबै टोली अभ्यासको लागि मैदानमा उत्रेने तरखरमा छन् । कभर हटाईएको छ । अम्पार पनि मैदान उत्रेका छन् । खेल सुरुहुने संभावना उच्च रहेको छ । खेल १५ ओभरको हुन सक्ने बुझिएको छ । यद्यपी आधिकारीका जानकारी भने आएको छैन ।
त्यस्तै वर्षा रोकिएपछि टोलीका कप्तान पारस खड्का खेल्ने सम्भावना रहेको छ । यसअघि अम्पायरसँग छलफलमा ज्ञानेन्द्र मल्ल गएपनि पारसले खेल्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । पारसले निरन्तर फिजियोसँग उपचार गराएको र उनको चोट गम्भीर नरहेका कारण छोटो ओभरको खेल हुने भएपछि उनले खेल्ने सम्भावना बढेको हो ।
पारस मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या आएपछि दोस्रो इनिङमा बाहिर बसेका थिए । उनको स्थानमा दोस्रो इनिङमा पवन सर्राफले पूरै समय फिल्डिङ गरेका थिए । पारसले आजको खेल गुमाउदा खण्डमा बिहीबार र शुक्रबार पनि विश्राम लिनेछन् । नेपालले अन्तिम दुई खेल शनिबार र आइतबार आयोजक सिंगापुर र कुवेतसँग खेल्नेछ ।

मौसम पूर्वानुमानका अनुसार स्थानीय समय २ बजेसम्म वर्षा हुने उल्लेख गरिएको छ । नेपालको खेल सुरु हुन कम्तिमा ११:५७ बजे खेल सुरु हुनु पर्नेछ । नेपाली समय ९:४२ सम्म सुरु हुनुपर्ने नेपाली टोलीले खेलअघि वार्मअप गरेपनि टस हुने निर्धारित समयभन्दा १० मिनेट अगाडिबाट वर्षा सुरु भएको थियो ।
नेपाललाई अर्को चरणमा पुग्न आजको लागि जित्नै पर्ने हुन्छ । वर्षाले मलेसियाविरुद्ध खेल रद्द भएको अवस्थामा नेपाल अर्को चरण पुग्ने अंक गणितीय सम्भावना मात्र रहनेछ । अघिल्लो दिन कतारसँग ४ विकेटले पराजित हुनुको नतिजा नेपालको लागि भारि हुने भएको छ । आजको खेल रद्द भए मलेसियाले बाँकी खेलमा कम्तिमा एक हार भोगे मात्र नेपाल अगाडी बढ्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]