6 years ago
July 24, 2019
सिंगापुर (हाम्रो खेलकुद)- नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोटमा मलेसियासँगको खेलमा उत्कृष्ट सुरुवात गरेको छ ।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई तीब्र गतिका बलर सोमपाल कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका छन् । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए । त्यस्तै ओभरको अन्तिम बलमा सफिक सरार्फलाई पनि शुन्यमा एलबी डब्लू आउट गरेका छन् ।
सोमपालले आफ्नो दोस्रो अोभरमा पनि विकेट लिइ । उनले अन्तिम बलमा अमिनुद्दिन राम्लीलाई बोल्ड गरे ।
वर्षाको कारण ९ ओभरमा झारिएको खेलमा मलेसियाले सुरुवाती ३ ओभरमा ३ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]