default_image

6 years ago

July 24, 2019

यसरी बनाए ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक (भिडियो)

133 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।

हेर्नुहोस भिडियो :

८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा कार्यवाहक कप्तान ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् । यसअघि गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् ।

छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट हुन पुगे । मल्लले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले । मल्लको टी ट्वान्टी आईमा यो पहिलो अर्ध शतक हो । नेपालबाट टी ट्वान्टी आईमा अर्ध शतक पुरा गर्ने मल्ल पाँचौ ब्याट्सम्यान हुन् । उनी खेलको म्यान अफ द म्याच पनि भए ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.