6 years ago
July 24, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ ।

बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । पहिलो खेलमा कतारसँग ४ विकेटले स्तब्ध बनेको नेपालले तेस्रो खेल कुवेतसँग आगमी शनिवार खेल्ने छ । कुवेतमाथि नेपालले फराकिलो जित निकाल्नुपर्ने हुन्छ । अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्ने छ । अघिल्लो चरणमा प्रवेश गर्न यी दुबै खेलमा नेपालले फराकिलो जित निकाल्नुपर्ने हुन्छ ।
मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य पछ्याएको नेपालले कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी उत्कृष्ट अर्ध शतकमा ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाको कारण निर्धारित समय भन्दा झण्डैं २ घण्टापछि सुरु भएको खेल ओभर घटाएर ९ मा झारिएको थियो । नेपालको सहज जितसँगै यी दुई कीर्तिमान पनि बनेका छन् ।
२. उच्च ओपनिङ साझेदारी
बलियो लक्ष्य पछ्याएको नेपालको ओपनर लागि ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले पहिलो विकेटका लागि ५.२ ओभरमा ६६ रनको साझदारी गर्दै सहज जित पक्का गरेका थिए । पहिलो विकेटका लागि प्रदीप र मल्लले गरेको यस साझेदारी नेपालको लागि टी २० आईमा उच्च हो । हिजो कतारसँग कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ले पहिलो विकेटका लागि ४९ रनको साझेदारीनै पहिलो विकेटका लागि उच्च रहन पुगेको थियो । जुन आज नै तोडिएको हो ।

यस साझेदारी टी२० आईमा नेपालबाट सर्वाधिक ठूलो तेस्रो साझेदारीमा पर्दछ । नेपालबाट टी ट्वान्टी आईमा उच्च साझेदारी ८५ रहेको छ । सन् २०१४ को टी २० विश्वकपमा पारस र शरद भेषवकरले चौथो विकेटका लागि बंगलादेशसँग गरेको साझेदारीनै हालसम्मको नेपालले टी २० आईमा गरेको उच्च साझेदारीमा पर्दछ ।
१. मल्लको सर्वाधिक छिटो अर्धशतक
नेपालको जितमा नयाक बनेका मल्लले विश्फोटक ब्याटिङ गर्दै नेपालको सहज जितमात्रै पक्का गराएनन् आफ्नो नाममा कीर्तिमान समेत लेखाए । मल्ल टी २० आईमा नेपालबाट सर्वाधिक छिटो अर्ध शतक पुरा गर्ने खेलाडी बनेका छन् । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी२० आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् ।

यसअघि गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् । छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट भए । मल्लले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रन जोडे । मल्लको टी२० आईमा यो पहिलो अर्ध शतक हो । नेपालबाट टी२० आईमा अर्ध शतक पुरा गर्ने मल्ल पाँचौ ब्याट्सम्यायन बनेका छन् । मल्लनै खेलमा ‘म्यान अफ द म्याच बने ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]