default_image

6 years ago

July 25, 2019

कप्तान पारससहित नेपाललाई २ दिन विश्राम

136 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले बुधबार र बिहीबार विश्राम पाएको छ । सोमबार कतारसँग पराजित नेपालले मंगलबार मलेसियालाई हराउँदै प्रतियोगितामा फर्केको संकेत दिएको छ ।

मलेसियाविरुद्ध खेलका क्रममा बेन्चमा रहेका कप्तान पारस खड्का

कतारविरुद्ध पहिलो खेलमा हार बेहोरेको नेपालका लागि कप्तान पारस खड्का घाइते हुनु अर्को खराब पक्ष रहयो । पारसले बुधबार मलेसियाविरुद्ध खेलमा सहभागिता जनाएनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले टोलीको कप्तानी गरेका थिए । ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै म्यान अफ द म्याच प्रदर्शन गरेका थिए । उनको कीर्तिमानी अर्धशतकमा नेपाल विजयी रहेको थियो ।

कप्तान पारसले मलेसियाविरुद्ध खेलअघि केहीबेर वार्मअपमा सहभागी भएका थिए । उनले पूर्ण रुपमा भने वार्मअप गरेनन् । अघिल्लो दिन हिड्न समेत अप्ठेरोमा देखिएका पारसले दुखाइ कम भएको बताए । प्रशिक्षक उमेश पटवालका अनुसार पारसको चोट सामान्य रहेको र उनले अर्को खेल खेल्ने बलियो सम्भावना रहेको बताए ।

कतारविरुद्ध चोट बोकेपछि विश्राममा कप्तान पारस

उपकप्तान ज्ञानेन्द्रले पनि दुई दिन विश्राम रहेका कारण पारस ठिक हुनेमा विश्वस्त रहेको बताए । पारसले पहिलो खेलमा चोटका बाबजुद पनि ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए । पारसलाई ‘मसाल स्पाज्म’ अर्थात ढाडको मांशपेशी खुम्चिएको महसुस भएको थियो, जसका कारण अत्यधिक दुखाइले उनलाई हलचल गर्न असहज भएको थियो । एक दिनको विश्रामपछि दुखाइ धेरै कम भएकाले शनिबार उनी उपलब्ध हुने देखिन्छ ।

नेपालले कुवेतविरुद्ध शनिबार र सिंगापुरविरुद्ध आइतबार खेल्दै प्रतियोगिता अन्त्य गर्नेछ । नेपालले यसबिचमा दुवै दिन प्रशिक्षण गर्ने छैन । लगातार खेलिरहेका कारण चोटको समस्या आउनु स्वभाविक रहेको प्रशिक्षक पटवालले बताए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.