6 years ago
July 25, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम दुई खेलमा शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्ने छ । यी दुई नतिजाले नेपालको विश्वकप छनोटको भविष्य निर्धारण गर्नेछ ।

आगामी अक्टोबरमा यूएईमा हुने टि-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई दुवै खेलमा फराकिलो जित निकाल्नुपर्ने समिकरण बनेको छ । कतारसँग अप्रत्याशित हारपछि दबाबमा परेको नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । बाँकी दुई खेलमा वर्षा बाधक नबने नेपालको अघिल्लो चरणको सम्भावना उच्च देखिन्छ ।
प्रतियोगिताकै तुलानात्मक रुपमा कमजोर कुवेतमाथि जति फराकिलो र छिटो जित निकाल्न सक्छ नेपाललाई फाइदा पुग्नेछ । यस प्रतियोगिताको विजेता रन रेटको आधारमानै हुन सक्ने संभावना प्रबल छ ।
कतारसँगको अप्रत्याशित हारले नेपाललाई राम्रो पाठ सिकाएको छ । त्यहि हारपछि कप्तान पारसले अब गल्ती गर्ने कुनै छुट नभएको बताएका थिए । समय समयमा सानो सानो गल्तीको कारण अप्रत्याशित हार बेहोर्ने नेपालले कुवत र घरेलु टोली सिंगापुरसँग खेल्नुअघि यी तीन कमजोरी सुधार गर्नै पर्ने हुन्छ । अन्यथा नेपालको विश्वकप खेल्ने सपनामा यी तीन कमजोरी नै बाधक बन्न सक्छन् :
३. मध्यक्रममा जिम्मेवारी ब्याटिङ
कतारसँगको अप्रत्याशित हारको प्रमुख कारण मध्यक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन थियो । ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले पहिलो विकेटका लागि सुरुवाती ६ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले संघर्षपूर्ण ३४ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन सकेनन् । ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा नेपाल सस्तैमा अल आउट भयो ।

दोस्रो खेलमा मलेसियासँग प्रदीप ऐरी र ज्ञानेन्द्र मल्लले पनि सुरुवाती ५.२ ओभरमा ६६ रन बनाउँदै सहज जिततर्फ लम्काएका थिए । ८४ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवातनै ६६ रनको साझेदारी गरेपछि विना दबाब सहजै जित्नुपर्ने थियो । तर नेपालले थप १० रन जोड्दा अन्य २ विकेट गुमायो । यी दुई खेलको प्रर्दशनले नेपालको मध्यक्रम ब्याटिङ कमजोर देखाउछ । विशाल योगफल बनाउन र लक्ष्य पूरा गर्न सुरुवात राम्रो भएर पुग्दैन, मध्यक्रम र फिनिसिङ पनि उत्कृष्ट हुनपर्छ ।
पछिल्लो समय मध्यक्रमका प्रमुख ब्याट्सम्यान पारस ओपनिङमा आउँदा त्यसको असर परेको हो की भन्ने आशंका गरिएको छ । कुवेत र सिंगापुरसँगको खेलमा मध्यक्रमका ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न आवश्यक छ । विशेषत शरद भेषावकर,दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र विनोद भण्डारीले जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न सक्नुपर्छ । यी चार अहिले टोलीको मध्यक्रमका प्रमुख ब्याट्सम्यान हुन ।
२. फिल्डिङमा सुधार
फिल्डिङले पनि टोलीको नतिजामा ठूलो प्रभाव पार्ने गर्दछ । मलेसियासँगको खेलपछि कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङमा राम्रो गर्न सकेको भए अझ कम योगफलमा रोक्न सक्ने बताएका थिए । नेपालले दुवै खेलमा फिल्डिङ कमजोर प्रर्दशन गर्यो । पहिलो खेलमा पनि कतारसँग हारपछि प्रशिक्षक उमेश पटवालले टोलीले केहि अवसर गुमाउँदा हार्न पुगेको बताएका थिए ।

सधै बलरले राम्रो गर्छ भन्ने हुँदैन । फिल्डिङ मार्फत रनको गती रोक्नुको साथै रनआउट गराउँदै विपक्षीलाई दबाबमा राख्न सकिन्छ । त्यसैले पनि नेपालले आगमी दुई खेलमा फिल्डिङमा सुधार गर्दै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्न सक्नुपर्छ ।
१. ठूला सटमा जोखिम
टि२० खेल नै आक्रामक ब्याटिङमा निर्भर रहेको छ । एकै ओभरको प्रर्दशनले टोलीको हार र जित निर्धारण गर्न सक्छ । नेपालले पहिलो खेलमा कतारसँग हार्नुको मुख्य कारण पनि आक्रामक ब्याटिङमा जोखिम उठाउन नसक्नु थियो । दोस्रो खेलमा ज्ञानेन्द्रले २० बलमै अर्धशतक बनाउँदा अन्य ब्याट्सम्यानले आक्रमक रुपमा रन जोड्न सकेनन् । धेरैले नेपाली ब्याट्सम्यानले वान डे शैलीमा टी २० खेलेको भन्दै आलोचना गरिरहेका छन् । कतारसँगको प्रर्दशन अनुसार जुन आलोचना स्वभाविक पनि देखिन्छ ।

नेपाललाई बाँकी दुवै खेलमा फराकिलो जित आवश्यक छ । त्यसैले ब्याट्सम्यानले ठूला सटको लागि जोखिम मोल्न आवश्यक छ । टी ट्वान्टीमा डबल सिंगल रनबाटै मात्र विशाल रन बनाउन कठिन पर्छ । अझ सिंगापुरको मैदान सानो भएकाले डिप बाउन्ड्रीमा पनि २ रन कुदेर जोड्न कठिन देखिन्छ ।
कतारसँगको खेलमा नेपालले १ सय २० बलमा मात्रै ९ चौका र ३ छक्का प्रहार गरेको थियो । जसको कारण सस्तैमा अलआउट हुँदा तुलनात्मक रुपमा कमजोर कतारसँग हार्दै चर्को आलोचना सहन पर्यो । त्यसैले कमजोर बलमा ठूला सटको लागि जोखिम मोल्नै पर्छ । जस्तो सुकै उत्कृष्ट प्रर्दशन गर्ने बलरले पनि सबै बल राम्रो गर्छ भन्ने हुँदैन । आफ्नो ओभरमा केहि बल कमजोर गर्ने गर्दछ । जुन बललाई बाउन्ड्रीको दिशा देखाउन सक्नुपर्छ ।
बाउन्ड्री प्रहार गर्दा बलर पनि थप दबाबमा पर्ने हुँदा पुन कमजोर बल गर्न सक्छ । सिंगल र डबल रन लिँदा बलर हावी हुने सम्भावना उच्च रहन्छ । ब्याट्सम्यानले वान डे शैलीमा होइन, साँच्चै टी ट्वान्टी शैलीमा ब्याटिङ गर्न आवश्यक छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]