default_image

5 years ago

July 25, 2019

समिकरणमा अल्झिएको नेपालको विश्वकप सपना

54 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको छनोट अन्तर्गत एसिया क्षेत्र छनोटको अन्तिम चरण खेल्न सिंगापुरमा छ । नेपालसहित ५ टोली विश्वकप छनोटको ग्लोबल क्वालिफायरका लागि बाँकी रहेको अन्तिम स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि प्रतियोगितामा ६ टोलीको सहभागिता रहने भनेपनि संयुक्त अरब इमिरेट्स (यूएई) ले ग्लोबल क्वालिफायरका खेलहरु आयोजना गर्ने भएपछि आईसीसीले यूएईलाई सिधै अर्को चरणमा स्थान दियो । विश्व वरीयतामा ११ औं स्थानमा रहेको नेपालले भने विश्वकप छनोटको प्रारम्भिक चरणका रुपमा रहेको एसिया पूर्वी क्षेत्र छनोट समेत खेल्नुपर्यो । यूएईले पनि पश्चिम क्षेत्र छनोट खेलेको थियो तर आईसीसीले अन्तिम चरण छनोट नाखेल्दै यूएईलाई ग्लोबल छनोटमा स्थान दियो ।

पूर्वी क्षेत्रछनोटमा नेपाल विजेता बन्दै अन्तिम चरणमा छनोट भयो । तर उक्त छनोटमा नेपाल र सिंगापुर बराबरी अंकमा रहेका थिए । ५ खेलमा दुवै टोलीले ५ जित दर्ता गरे भने एक आपसमा हुने अन्तिम खेल वर्षाका कारण रद्द हुन पुग्यो । कप्तान पारस खड्काले नेपाल फर्केपछि पहिलो रोजेका खेलाडी नै छनोटमा सहभागी हुनुको कारण नै मौसमको अनिश्चितता रहेको बताएका थिए । यदि मलेसियामा २-३ दिन लगातार पानि पर्यो भने हाम्रो हातमा नहुँदै नतिजा अन्य टोलीको पक्षमा जान सक्छ ।

कतारविरुद्ध नेपाल ३ विकेटले पराजित भएको थियो

मलेसियाको मौसमलाई लिएर खड्काको भनाइ त्यसको केहि महिनापछि नै सार्थक सावित भयो । र त्यसको मारमा नेपालको यू-१९ क्रिकेट टिम पर्यो । वर्षा बाधक बनेपछि यूएईविरुद्ध यू-१९ विश्वकप छनोटको महत्त्वपूर्ण खेलमा नेपाल डकवर्थ लेविस पद्दतिमा १ रनले पराजित भयो । अन्त्यमा त्यहि नतिजाको आधारमा नेपाल विश्वकपमा पुग्नबाट बन्चित भयो । नेपाल र यूएईले अन्य सबै खेलमा सहज जित दर्ता गरेका थिए । एक टोली मात्र अगाडी बढ्ने प्रतियोगितामा वर्षा बाधक बन्द समग्र नतिजामा नै असर पर्न सक्छ ।

नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको टि-२० विश्वकप छनोटको एसिया क्षेत्र छनोटमा त्यस्तै अवस्था दोहोरिने डर बढेको छ । नेपाल पहिलो खेलमा कतारसँग पराजित भएपछि दोस्रो खेलमा वर्षाले झन्डै खेल नहुने अवस्था सिर्जन गरेको थियो । अन्त्यमा ९ ओभरको खेल सम्भव हुँदा नेपालले ७ विकेटको जित दर्ता गर्दै छनोटको सम्भावना कायम राख्यो । त्यसो त नेपाल कतारसँग पराजित भएको दिनको दोस्रो खेलमा वर्षाका कारण सिंगापुर र कुवेतले अंक बाँडे । मलेसियाविरुद्ध खेल सम्भव नहुँदो हो त नेपालको लागि छनोटको संभवाना अंकगणितमा सिमित हुन्थ्यो ।

यू-१९ विश्वकप छनोटमा नेपाल यूएईसँग डीएलमा १ रनले पछाडी परेको थियो

अहिलेको अवस्थामा पनि नेपाल ढुक्क हुने समीकरण छैन । अब नेपालले बाँकी रहेका दुई खेलमा सिंगापुर र कुवेतलाई फराकिलो अन्तरले हराउनु पर्नेछ । त्यसपछि बाँकी रहेका टोलीहरुको खेल निकै झिनो अन्तरमा होस् भन्ने आशा पनि नेपालले गर्नुपर्ने छ । यदि कुनैपनि टोलीको खेल वर्षाका कारण रद्द हुन्छ भने अन्तिम चरणमा पुग्ने सम्भावना पातलिने छ । नेपालको हकमा दुवै जित दर्ता गरे मलेसिया र कतारले कम्तिमा पनि एक खेल पराजय वा वर्षाले रद्द होस् भन्ने कामना गर्नुपर्ने छ ।

कतारविरुद्ध पहिलो खेलमा हार बेहोरेको नेपालका लागि कप्तान पारस खड्का घाइते हुनु अर्को खराब पक्ष रहयो । पारसले बुधबार मलेसियाविरुद्ध खेलमा सहभागिता जनाएनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले टोलीको कप्तानी गरेका थिए । ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै म्यान अफ द म्याच प्रदर्शन गरेका थिए । उनको कीर्तिमानी अर्धशतकमा नेपाल विजयी रहेको थियो ।

कप्तान पारसले मलेसियाविरुद्ध खेलअघि केहीबेर वार्मअपमा सहभागी भएका थिए । उनले पूर्ण रुपमा भने वार्मअप गरेनन् । अघिल्लो दिन हिड्न समेत अप्ठेरोमा देखिएका पारसले दुखाइ कम भएको बताए । प्रशिक्षक उमेश पटवालका अनुसार पारसको चोट सामान्य रहेको र उनले अर्को खेल खेल्ने बलियो सम्भावना रहेको बताए ।

कतारविरुद्ध चोट बोकेपछि विश्राममा कप्तान पारस

उपकप्तान ज्ञानेन्द्रले पनि दुई दिन विश्राम रहेका कारण पारस ठिक हुनेमा विश्वस्त रहेको बताए । पारसले पहिलो खेलमा चोटका बाबजुद पनि ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए । पारसलाई ‘मसाल स्पाज्म’ अर्थात ढाडको मांशपेशी खुम्चिएको महसुस भएको थियो, जसका कारण अत्यधिक दुखाइले उनलाई हलचल गर्न असहज भएको थियो । एक दिनको विश्रामपछि दुखाइ धेरै कम भएकाले शनिबार उनी उपलब्ध हुने देखिन्छ ।

अहिलेको अवस्थामा सिंगापुर २ खेलमा ३ अंक बोकेर शीर्षस्थानमा छ । नेपालसँगै मलेसिया र कतारको २-२ अंक छ भने रनरेटमा मलेसिया अगाडी छ । कुवेतको १ खेलमा १ अंक रहेको छ । अब नेपालले भारी अन्तरले कुवेत र सिंगापुरलाई पराजित गरे एकमात्र छनोट हुने टोलीको रुपमा अगाडी बढ्नेमा दुइमत छैन । तर त्यसका लागि नेपालले वर्षाको डरसँगै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

समीकरणको डर नेपाललाई अझै छ । छनोट हुने पूर्ण पकड नेपालको हातमा रहेको छैन । सम्भवत: अन्तिम दिनको खेलमा नेपाल र सिंगापुर खेल्दा अन्तिम स्थानका लागि सिंगापुर र नेपालसँगै अन्य टोली पनि नतिजाको पर्खाइमा रहनेछन् । नेपालको हातमा वर्षा हुने नहुने त छैन तर बाँकी दुई खेलमा सहज जित ननिकाले विश्वकप खेल्ने सपना बिचमै तुहिने डर पक्कै छ ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.