6 years ago
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफू कुवेतविरुद्ध खेल्न फिट भएको बताएका छन् । उनले चोटका कारण मलेसियाविरुद्ध बाहिर बसेर हेर्नुपर्दा निकै गाह्रो भएको बताएका छन् ।

कतारविरुद्ध मंगलबार भएको खेलमा चोट बोकेपछि पारसले बुधबार मलेसियाविरुद्धको खेल गुमाएका थिए । चोट बोकेपछि पूर्ण विश्राम लिएका पारस शुक्रबार प्रशिक्षणमा उपस्थित रहेका थिए । उनले केहीबेर ब्याटिङ पनि गरे । प्रशिक्षणपछि हाम्रोखेलकुदसँग बोल्दै उनले बाँकी दुई खेलमा आफ्नो तर्फबाट उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् । पारसले मैदानको अवस्था हेर्दा कुवेतसँगको खेल सहज नहुने बताए ।
‘पहिलो खेल हारेपछि तीनै खेल जित्नै पर्ने अवस्थामा बलियो कमब्याक गरेका छौं । हामी ग्लोबल छनोटमात्र नभएर विश्वकप खेल्ने लक्ष्य लिएर अगाडी बढेका छौं त्यसैले अझै उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । पहिलो खेल जे भयो त्यसलाई बिर्सेर राम्रो गर्नुपर्छ । मैदानको अवस्था हेर्दा कुवेतसँगको खेल सहज हुने छैन’,पारसले भने । पारसले आफ्नो अवस्था राम्रो सुधार भएको हुँदा खेल्नेमा विश्वस्त रहेको बताए ।

‘हामी आफ्नो तर्फबाट उत्कृष्ट क्रिकेट खेल्नेछौं । बाँकी दुई खेलमा कसरी खेल्ने भन्नेमा आजको दुवै खेलको नतिजाले पनि थाहा हुन्छ,’ पारसले थपे, ‘ अन्य नतिजाले हामीलाई जित मात्र आवश्यक पर्ने हो या रनरेट पनि चाहिन्छ भन्ने प्रष्ट हुन्छ । मैदानको अवस्था हेर्दा पहिला ब्याटिङ गरे १७०–१८० रन बनाउनु पर्नेछ । यसले पनि जित सुरक्षित छ भन्न सकिन्न, राम्रो बलिङ र फिल्डिङ पनि चाहिन्छ । ‘

पारसले जुन टिमले दबाबमा राम्रो गर्न सक्छ त्यहि टिमलेनै राम्रो गर्ने बताए । मलेसियासँगको खेलमा आफु बाहिर बस्नुपर्दा सहज नभएको बताए । ‘ मैदानभित्र रहँदा खेलमा केहि हुँदा त्यसलाई परिवर्तन गर्न सकिन्छ । बाहिर बस्दा हेरेर बस्नुबाहेक केहि गर्न सकिन्न,’ पारसले थपे ।
‘हामीले उपलब्ध खेलाडीबाट उत्कृष्ट टोली लिएर खेलाउने हो । मलाई आशा छ ज्ञानेन्द्रले आफ्नो लयलाई निरन्तरता दिने छन् । जित्दा सबै राम्रो देखिन्छ तर हार्दा धेरै प्रश्न उठ्छन् । हामीले उत्कृष्ट प्रर्दशन गर्नेछौं,’ पारसले आज राम्रो गर्यो भन्दैमा भोली पनि राम्रो गर्छनै भन्नेपनि नहुने बताए ।
नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले स्तब्ध भएको थियो । दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । शुक्रबारको पहिलो खेलमा कुवेतले कतारलाई १० रनरले पराजित गरेको छ । त्यस्तै जारी अर्को खेलमा सिंगापुरले मलेसियालाई हराए नेपालले बाँकी खेल जितेमा सहजै ग्लोबल छनोटमा पुग्ने छ । नेपालले शनिबार कुवेत र आईतबार सिंगापुरसँग खेल्ने छ ।
हेर्नुहोस् प्रशिक्षणको भिडियो :
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]