default_image

6 years ago

July 28, 2019

सोमपाल र सन्दीप टोलीसँग नफर्कने

156 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली टोली भोली बेलुका नेपाल फर्किने भएको छ ।

नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीका अनुसार नेपाली टोली भोली राती १०:३० मा विमानस्थल आईपुग्ने छ । आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ ।

अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा फाइनलजस्तो बनेको यस खेलमा नेपाल ८२ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

घरेलु टोली सिंगापुर ४ खेलमा ३ मा जित सहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो । नेपालले पनि ४ खेलमा समान २ मा जित र हारका साथ समान ४ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दै तेस्रो बन्न पुग्यो । कुवेत चौथो र मलेसिया पाँचौ स्थानमा रहे । नेपालले पहिलो खेल कतारसँग ४ विकेटले हारेको थियो । मलेसिया र कुवेतलाई ७ विकेटले पराजित गरेपनि अन्तिम खेलमा सिंगापुरसँग पराजित हुँदा नेपाल एसिया छनोटबाटै बाहिरिनु परेको हो ।

नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर सोमपाल कामी भने आउने छैनन् । यी दुवै आज राती सिंगापुरबाट ग्लोबल टी २० क्यानडाका लागि त्यसतर्फ लाग्ने छन् । सन्दीप टोरन्टो नेशनल र सोमपाल विनिपेग हक्सबाट खेल्ने छन् । सोमपाललाई विनिपेगले ड्राफ्टमा ३ हजार अमेरिकी डलर न्युनतम रकम अनुबन्ध गरेको थियो । सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको थियो ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.