6 years ago
July 31, 2019
एजेन्सी – बंगलादेशसँगको तीन खेलको अोडीआई सिरिज घरेलु टोली श्रीलंकाले क्लिस्वीप गरेको छ । बुधबार तेस्रो तथा अन्तिम वान डे खेलमा बंगलादेशमाथी १ सय २२ रनको फराकिलो जित निकाल्दै श्रीलंकाले सिरिज ३-० ले जितेको हो ।

२ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । उसका लागि ताइजुल स्लाम २८ बलमा ५ चौका र १ छक्का सहित ३९ रनमा अविजित रहे ।
सौम्य सरकारले ८६ बलमा ५ चौका र १ छक्का सहित ६९ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।
विकेटकीपर मुश्फिकुर रहिम १०,ओपनर अनमुल हक १४ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । श्रीलंकाका लागि दासुन शनाकाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै कशुन रजिथा र लाहिरु कुमाराले समान २ विकेट हात पारे ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो । उसका लागि अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले ९० बलमा ८ चौका र १ छक्का सहित महत्वपूर्ण ८७ रनको योगदान दिए ।
त्यस्तै कुशल मेन्डिसले ५८ बलमा ५ चौका र १ छक्का सहित ५४,कप्तान दिमुथ करुणारत्ने ४६,कुशल परेरा ४२,दासुन शनाका ३० रनमा आउट भए । बंगलादेशका लागि शैफुल स्लाम र सौम्य सरकारको नाममा समान ३ विकेट रह्यो । रुवेल हसन र ताइजुल स्लामको नाममा समान १ विकेट रह्यो । श्रीलंका पहिलो खेलमा ९१ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]