6 years ago
August 2, 2019
एजेन्सी – स्कटल्यान्डको यू१९ टोली आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट भएको छ ।

आईसीसी यू१९ विश्वकप छनोट युरोप रिजनमा शीर्ष स्थानमा रहँदै विश्वकपको लागि छनोट भएको हो । स्कटल्यान्ड सबै ५ खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर विश्वकपमा पुगेको हो । स्कटल्यान्डले टेष्ट राष्ट्र आयरल्यान्डलाई पछि पारेको थियो । स्कटल्यान्डले टेष्ट आयरल्यान्ड, जर्सी, नेदरल्यान्ड्स, डेनमार्क र फ्रान्सलाई हराउँदै विश्वकपमा पुगेको हो ।
गत वैशाखमा मलेसियामा सम्पन्न आईसीसी यू१९ विश्वकप छनोट एसिया क्षेत्रमा नेपाल दोस्रो स्थानमा रहँदै विश्वकप खेल्नबाट चुकेको थियो । यूएईसँग डकवर्थ लेविसका आधारमा १ रनले पराजित हुनु नेपालको लागि विश्वकपको लागि यात्रा समाप्त हुन पुगेको थियो । १६ देशले प्रतिस्पर्धा गर्ने यू१९ विश्वकप आगमी वर्ष दक्षिण अफ्रिकामा जवनरी १७ देखी ९ फेबुअरी सम्म चल्ने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]