default_image

6 years ago

August 3, 2019

पहिलो ओडीआई जित अनि १ रनको रोमान्च

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम बल अनि १ रनको जित । त्यो खुसी, त्यो क्षण नेपाली क्रिकेटकै एक महत्वपूर्ण सफलता । अर्थात नेपालले आजकै दिन गत वर्ष अन्तर्राष्ट्रिय एक दिवसिय मान्यता (ओडीआई) पहिलो जित निकालेको थियो ।

आजकै दिन नेदरल्यान्डलाई १ रनले हराउँदै पहिलो ओडीआई जित्दै नेपालले इतिहास मात्रै रचेन, विश्व क्रिकेटमा नेपाली क्रिकेटको सुन्दर भविष्य रहेको पनि पुष्टि गर्यो । जुन जित सम्झदा अहिले पनि खुसीले मन गदगद हुने गर्दछ ।

गत वर्ष साउन १६ मा नेदरल्यान्डविरुद्ध ओडीआईमा डेब्यू गर्दै नेपालले उपल्लो स्तरको क्रिकेटमा पाइला टेकेको थियो । सन् २०१८ मार्च १५ मा एक दिवसिय मान्यता पाएको नेपालले डेब्यू अगष्ट १ मा गर्यो । ओडीआई मान्यता पाएदेखि हालसम्म नेपालले ६ वान डेमात्रै खेलेको छ । जसको नतिजा समान ३ मा जित र हारको छ । अन्य दुई जितमा भन्दा नेदरल्यान्डसँगको जित विशेष महत्व बोकेको छ ।

त्यो अन्तिम बल र १ रनको जित

खराब ब्याटिङको कारण १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४२ ओभरमा १ सय ३४ रनमा अल आउट भएपछि डेब्यू खेलमै नेदरल्यान्डसँग ५५ रनले पराजित हुन पुग्यो । सिरिज बराबर गर्न पहिलो खेल हारेको नेपाललाई दोस्रोमा जित बाहेक अन्य विकल्प थिएन । टस जितेर कप्तान पारस खड्काले पहिला ब्याटिङ गर्ने निर्णय लिए ।

नेपाल ४८.५ ओभरमा अल आउट हुँदै २ सय १६ रन बनायो । प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रनको उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेका थिए । २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय १५ रनमा समेटिएपछि नेपाल इतिहास रच्न सफल भएको थियो ।

तस्बिर : पिटर डेला पेना

नेदरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँदा ९ विकेट गुमाई सकेको थियो । कप्तान पारस आफैं बलिङ आए । पारसले पहिलो बलमा फ्रेड क्लासेनलाई १ रन र दोस्रो बलमा पल भान मिकरेनलाई डट गराए । तेस्रो बलमा १ रन खर्चेका पारसले चौथोे बलमा फिल्डिङमा गल्तिहुन पुग्दा २ रन खर्चिए । पाँचौ बल डट गराएपछि खेल थप रोमान्चक मोडमा पुग्यो । नेदरल्यान्डलाई अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । तर पारसले क्वालासेनलाई रन आउट गरेपछि नेपाल १ रनले विजयी भएको थियो ।

नेपालका लागि यो खेलमा जितमात्रै थिएन, ऐतिहासिक पहिलो वान डे सफलता समेत थियो । जसको कारण पनि त्यो जितको महत्व र हर्ष अन्य भन्दा बेग्लै रहन पुग्यो । अझ अन्तिम बलमा १ रनको रोमान्चक जितले झनै विशेष बनायो । जुन जित आज सम्झिँदा पनि त्यतिनै खुसिले उफ्रिन मन लाग्छ ।

१६ महिनामा ६ मात्रै वान डे !

नेपालले वान डे मान्यता पाएको १६ महिना भन्दा बढि भएको छ । नेदरल्यान्डसँगको खेल यता नेपालले चार ओडीआई युएईसँग खेलेको छ । जसमा समान २ मा जित र हार बेहोरेको छ । गत माघमा यूएईलाई २–१ ले हराउँदै पहिलो ऐतिहासिक वान डे सिरिज जित्न सफल भयो ।

यूएईमा ओडीआई र टि-२० सिरिज जितेपछि नेपाली टोली

त्यसयता भने नेपालले कुनै पनि वान डे खेल खेलेको छैन । नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहेको अवस्थामा अन्य देशसँग सहकार्य गर्न नसक्दा नेपालले धेरै सिरिज खेल्न नपाएको हो ।

चिन्ता भविष्यको!

एक दिवसिय मान्यता पाएको १६ महिना पुग्दा ६ ओडीआई मात्रै खेलेको नेपालले वान डे मान्यता राम्रोसँग सदुपयोग गर्न नपाई खेर जानि हो की भनेर चिन्ता बढ्न थालेको छ । अझ यसै साता सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएपछि नेपालको भविष्यलाई लिएर थप टिका टिप्पणी बढेको छ ।

नेपालले तत्काल कुनै सिरिज र खेल खेल्ने तालिका छैन । आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग नेपालले आगमी माघ तेस्रो साता टियुमा मैदानमा ओडीआई सिरिज खेल्ने कार्यतालिका रहेको छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.