6 years ago
August 4, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

इंग्ल्यान्डसँगको पाँच खेलको एशेज टेष्ट सिरिजअन्तर्गत पहिलो खेलको चौथो दिन स्मिथले शतक दोस्रो पूरा गरेका हुन् । स्मिथले आफ्नो टेष्ट करिअरको २५ औं शतक प्रहार गर्न १ सय ४७ बलको सामना गरे । यसअघि पहिलो इनिङमा स्मिथको १ सय ४४ रनको मदतमा अष्ट्रेलियाले २ सय ८४ रन बनाएको थियो ।
गतवर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टको दौरानमा बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परेका स्मिथले झन्डै १६ महिनापछि टेस्ट टोलीमा कमब्याक गर्दै लगातार शतक प्रहार गरेका हुन् । उनले आफू पुरानै लयमा फर्केको संकेत दिएका छन् ।
अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ४ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको छ । स्मिथ १ सय ३१ रनमा खेलिरहेका छन् भने उनलाई ड्वेन वेडले ५५ रन जोडेर साथ दिइरहेका छन् । सम्रगमा अष्ट्रेलियाले २ सय १५ रनको अग्रता लिइसकेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]