6 years ago
August 4, 2019
एजेन्सी – ओपनर रोहित शर्माको कीर्तिमानी अर्ध शतकसँगै दोस्रो टि२० खेलमा भारतले वेस्ट इन्डिजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । भारतका लागि ओपनर रोहितले सर्वाधिक ६७ रनको योगदान दिए । ओशन थोमसको १४ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि रोहितले ५१ बलमा ६ चौका ३ छक्का प्रहार गरे ।
योसँगै रोहितले टि२० मा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले वेस्ट इन्डिजका ओपनर क्रिस गेलको १ सय ५ छक्काको रेकर्ड तोडेका हुन् । त्यस्तै कप्तान विराट कोहलीले २३ बलमा समान १ चौका र छक्का सहित २८ रनमा बोल्ड आउट भए ।

ओपनर शिखर धवन २३,ऋषभ पन्त ४,मनिष पाण्डे ६ रनमा आउट भए । क्रुनाल पड्या २० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे । अन्तिम ओभरमा किमो पलले ३ छक्का सहित कुल २० रन खर्चिएपछि भारत बलियो योगफलमा पुगेको हो ।
पहिलो विकेटका लागि शिखर र रोहितले ८ ओभरमा ६७ रनको साझेदारी गरेपनि मध्यक्रममा निरन्तर विकेट गुम्न पुग्दा भारत विशाल योगफल बनाउन चुकेको हो । वेस्ट इन्डिजका लागि ओशन थोमस र शिल्डन कर्टेलले समान २ विकेट लिए । किमो पलको नाममा १ विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]