6 years ago
August 5, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अघिल्लो महिना इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा आफ्नो प्रदर्शनबारे समिक्षा गरिरहेको छ ।

खराब प्रर्दशनसँगै समुह चरणबाटै बाहिरिपछि शरफराज अहमदको कप्तानीलाई लिएर चर्को आलोचना भइरहेको छ । अहमदलाई टेष्ट टोलीको कप्तानबाट हटाईएको छ । त्यस्तै समिक्षा बैठकमा प्रमुख प्रशिक्षक मिकी आर्थरले अहमदलाई टि२० र वान डे टोलीको कप्तानबाट पनि हटाउन सिफारिस गरेका छन् । अहमदले इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा कप्तानी र प्रर्दशन दुबैमा खराब प्रर्दशन गरेका थिए ।
विश्वकपमा पाकिस्तान ९ खेलमा ५ मा जित र ३ मा हारका सहित ११ अंक जोड्दै पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । कप्तान तथा विकेटकीपर अहमदले विश्वकपमा ८ खेलमा १ सय ४३ रन बनाएका थिए । न्युजिल्यान्डले पाकिस्तानलाई नेट रन रेटले पछि पार्दै सेमिफाइनलमा पुगेको थियो ।
विश्वकपमा अहमदको कप्तानीमा पाकिस्तानको प्रर्दशन बारे समिक्षा हुँदा आर्थरले उनलाई कप्तानबाट हटाउन सिफारिस गरेका हुन् । पीसीबी क्रिकेट समितीको बैठकमा आर्थरले वान डे तथा टि२० टिमको लागि युवा लेग स्पिनर शादाब खानलाई कप्तान बनाउन सिफारिस गरेको पाकिस्तान सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै आर्थरले टेस्ट टिमको लागि युवा ब्याट्सम्यान बाबर आजमलाई सिफारिश गरेका छन् । बुधबार समितीको बैठक पुन बस्ने छ । उक्त बैठकले आर्थरको शिफारिसबारे छलफल गर्ने बुझिएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]