6 years ago
August 5, 2019
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियासँगको एसेज सिरिज अन्तर्गत पहिलो टेस्टमा २ सय ५१ रनको लज्जास्पद हार बेहोरेको छ । यस नतिजासँगै पाँच खेलको टेस्ट सिरिजमा पाहुना टोली अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

जितका लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड पाँचौ दिन ५२.३ ओभरमा १ सय ४६ रनमा अल आउट भएपछि ठूलो अन्तरको हार बेहोर्न पुगेको हो । इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक ३७, जोसन रोय र कप्तान जो रुटले समान २८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
इंग्ल्यान्डका ६ ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन नपाउँदै पेभिलिएन फर्के । इंग्ल्यान्डलाई सस्तैमा अल आउट गर्न राख्न अनुभवी स्पिनर नाथन लायनले २० ओभरमा ५ मेडन सहित ४९ रन खर्चेर ६ विकेट लिए । त्यस्तै प्याट कमिन्सले ४ विकेट हात पारे ।
त्यसअघि चौथो दिन दोस्रो इनिङमा अष्ट्रेलियाले १ सय १२ ओभरमा ४८७-७ को अवस्थामा इनिङ समाप्तीको घोषणा गरेको थियो । स्टिभ स्मिथ २ सय ७ बलमा १४ चौका सहित १ सय ४२ रनमा क्याच आउट भए । म्याथ्यु वेडले पनि १ सय ४३ बलमा १७ चौका सहित १ सय १० रन जोडे ।

तल्लोक्रममा जेम्श प्याटीन्सन ४८ बलमा ४ छक्का र २ चौका सहित ४७ रनमा नटआउट रहे । प्याट कमिन्स २६, कप्तान टिम पेन ३४, ट्राभिस हेड ५१ र उस्मान खवाजाले ४० रन जोडे । इंग्ल्यान्डका वेन स्टोक्सले ३ र मोइन अलीले २ विकेट लिए ।
अष्ट्रेलियाले स्मिथको १ सय ४४ रनको उत्कृष्ट शतकमा पहिलो इनिङमा २ सय ८४ रन बनाएको थियो । जवाफि पहिलो इनिङ थालेको घरेलु टोली इंग्ल्यान्डले रोरी बर्न्सको १ सय ३३ रनको शतकमा ३ सय ७४ रन बनाउँदै ९० रनको अग्रता लिएको थियो । त्यस्तै जो रुट ५७ र बेन स्टोक्सले ५० रनको योगदान दिए । अष्ट्रेलियाका प्याट कमिन्स र नाथन लायनले समान ३ विकेट लिए । दोस्रो टेस्ट १४ अगष्टमा सुरु हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]