default_image

6 years ago

August 5, 2019

स्टेनद्वारा सन्न्यासको घोषणा

124 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकामा तीब्र गतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय स्टेनले सोमवार टेष्ट क्रिकेटबाट सन्न्यास लिएको जनाएका हुन् ।

सिमित ओभरको खेललाई भने स्टेनले निरन्तरता दिने छन् । करिअरको अधिकांश समय स्टेनले चोटसँग जुधिरहन पर्यो । यसै महिना इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकपबाट पनि अन्तिम समयमा चोटका कारण बाहिरिनु परेको थियो ।

स्टेनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । उनले ९३ टेष्टको १ सय ७१ इनिङमा ३.२४ को इकोनमिमा रन खर्चिदै कुल ४ सय ३९ विकेट लिएका छन् । उनको सर्वोत्कृष्ट प्रदर्शन ७-५१ रह्यो । स्टेनले १ सय २४ वान डे खेलमा १ सय ९६ विकेट लिएका छन्। त्यस्तै ४४ टि२० मा ६१ विकेट स्टेनको नाममा छ । स्टेन तीव्र गतिसँगै बाउन्सका लागि परिचित छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.