6 years ago
August 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । जसको ठूलो असर नेपाली क्रिकेटमा परेको देखिन्छ ।

क्यान नहुँदा प्रतियोगिताको तयारीको लागि प्रशिक्षणमा नै समस्या आइरहेको अवस्थामा नेपाली यू१९ टोली फेरीपनि चपेटामा परेको छ । अर्को महिना श्रीलंकामा हुने यू-१९ एसिया कपमा भारत सहित टेस्ट राष्ट्रको सामना गर्नुपर्ने नेपालले आजसम्म पनि बन्द प्रशिक्षण थालेको छैन । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुनेप्रतियोगिताका लागि एसियन क्रिकेट काउन्सिल (एसीसी) बजेट स्वीकृति नपठाउँदा नेपाली टोलीको तयारी प्रभावित भएको हो । आजदेखि बन्द प्रशिक्षण गर्ने भनिएपनि स्वीकृति नआएको कारण प्रशिक्षण नहुने भएको छ ।
यू१९ टोलीका प्रशिक्षक विनोद दासका अनुसार मंगलबार बिहान सम्म एसीसीले स्वीकृति पठाएको छैन । ‘एसीसीले स्वीकृती पठाएको छैन । हामी त्यहि स्वीकृतीको पर्खाईमा छौं । उताबाट स्वीकृती आउने बितिक्कै प्रशिक्षण सुरु हुने छ,’ दासले हाम्रो खेलकुद डट कमसँग भने, ‘एसीसीले नेपाल मात्र नभएर अन्य देशलाई पनि हेर्ने हुँदा ढिला भएको हुन सक्छ ।’

नेपाल गत महिना यू-१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बन्दै प्रतियोगिताका लागि छनोट भएको हो । यता भारतले भने उक्त एसिया कपका लागि टोली घोषणा गरिसकेको छ । अन्य टोली पनि अन्तिम टोली घोषणा गर्ने तयारीमा छन् । तर नेपालको प्रशिक्षण नै अन्यौलमा छ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, नेपाल र कुवेत छन् । नेपाल अघिल्लो महिना मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजनको बन्द प्रशिक्षणमा राखेको १९ खेलाडीलाई नै यसपटक निरन्तरता दिनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]