default_image

6 years ago

August 6, 2019

टेस्ट वरीयतामा स्मिथको सुधार

120 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट वरीयतामा सुधार गरेका छन् । मंगलबार नयाँ वरीयतामा स्मिथ १ स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् ।

भारतीय कप्तान विराट कोहली शीर्ष र न्युजिल्यान्डका कप्तान केन विलियमसन दोस्रो स्थानमा यथावत छन् । कोहलीको ९ सय २२ तथा विलियमसनको ९ सय १३ रेटिङ प्वान्ट रहेको छ । तेस्रो स्थानमा रहेका स्मिथको रेटिङ प्वान्ट ९ सय ३ छ । चेतेश्वर पुजारा चौथो, हेनरी निकोलस पाँचौ, जो रुट छैटौं, डेविड वार्नर सातौं स्थानमा छन् ।

स्मिथले सोमबार सम्पन्न इंग्ल्यान्डसँगको पहिलो एसेज टेष्ट खेलमा दुई शतक प्रहार गरेपछि भारतीय ब्याट्सम्यान चेतेश्वर पुजारालाई पछि पारेका हुन् । गत वर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टको दौरानमा बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिबन्धमा परेका स्मिथले झन्डै १६ महिनापछि टेस्ट टोलीमा कमब्याक गर्दै लगातार शतक प्रहार गरे। बलिङतर्फ प्याट कमिन्स र अलराउण्डरमा जोसन होल्डर शीर्ष स्थानमा यथावत छन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.