default_image

6 years ago

August 8, 2019

बार्सिलोनाले नेपोलीलाई हरायो

105 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेल अन्तर्गत इटालियन टोली नेपोलीलाई २-१ ले पराजित गरेको छ ।

बार्सिलोनाले खेलको ३९ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा अग्रता लिएको थियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकको अगाडी बाउन्स हुँदै गोलमा परिणत भएको थियो । नेपोलीले ३ मिनेटमा नै खेल बराबरीमा ल्यायो । उम्टिटीको गल्तिको फाइदा उठाउँदै जोसे क्यालेहोनले गोल गरेका थिए ।

दोस्रो हाफको ७९ औं मिनेटमा इभान राकीटिचले उत्कृष्ट गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाए । उनले लामो दुरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । थप समयमा गोल हुन नसकेपछि बार्सिलोनाले जित दर्ता गरेको हो ।

बार्सिलोनाले नयाँ फरवार्ड एन्टोइन ग्रिज्मन र लुइस सुआरेजलाई एकैपटक पहिलो रोजाइमा उतारेको थियो । त्यस्तै डिफेन्डर जिन्यर फिर्पोले पनि पहिलो रोजाइमा खेले ।

राकीटिचको गोल :

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.