6 years ago
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि२० क्यानडा अन्तर्गत एलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल र तीब्र गतिका बलर सोमपाल कामी रहेको विनिपेग हक्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार राती २:१५ पछि सुरु हुने छ । आजको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्ने छ ।

आजनै पहिलो क्वालिफायरमा ब्राम्पटन वल्भ्स र भ्यानकुभर नाइट्स भिड्दै छन् । जुन खेल राती १० बजेपछि सुरु हुने छ । यी दुईबीचको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्ने छ । पराजित टोली टोरन्टो र हक्सबीचको विजेतासँग फाइनल प्रवेशको लागि पुन दोस्रो क्वालिफायर खेल्नेछ ।
ब्राम्पटन ६ खेलमा ४ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहेर क्वालिफायर खेलेको हो । त्यस्तै नाइट्सले पनि ६ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायरमा ब्राम्पटनसँगको भेट पक्का गर्यो ।

टोरन्टोले ६ खेलमा समान ३ मा जित र हारका साथ सहित तेस्रो स्थानमा रह्यो । त्यस्तै हक्सपनि ६ खेलमा २ मा जित र ३ मा हारका सहित अन्तिम चारमा रहेपछि टोरन्टोसँग एलिमेनटरमा प्रतिस्पर्धा गर्न लागेको हो । समुह चरणको खेलमा टोरन्टोले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य हक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो । त्यसैले हक्सको मनोबल उच्च छ ।
सन्दीपलाई टोरन्टोले आजको खेलमा निरन्तरता दिन सक्ने संभावना छ । हक्सले सोमपाललाई आजको खेलमा बेन्चमा राख्न सक्छ । डेब्यू खेलमा एडमन्टन रोयल्सबीरुद्ध खराब प्रर्दशन गरेपछि सोमपालको संभावना न्युन भएको हो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]