6 years ago
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू-१९ एसिया कपका लागि नेपाली खेलाडीले व्यक्तिगत स्रोतकै भरमा अभ्यास थालेका छन् । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले आधिकारीक बन्द प्रशिक्षण २७ गतेदेखि मात्रै सुरु गर्ने भएपछि खेलाडीहरुले आफ्नै स्रोतमा प्रशिक्षण सुरु गरेका हुन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले २७ गते देखि मात्र प्रशिक्षण गर्ने स्वीकृति दिँदा धेरै ढिला हुने भएपछि खेलाडी र प्रशिक्षकले आफ्नै पहलमा अभ्यास थालेका हुन् । नेपालको मागभन्दा एसीसीले एक हप्ता ढिला स्वीकृती दिएको हो । तर प्रशिक्षक विनोद दासले काठमाडौंमा उपलब्ध रहेका सबै खेलाडीलाई बोलाएर आजदेखि नै अभ्यास थालेका हुन् ।
‘२७ गतेदेखी औपचारिक बन्द प्रशिक्षण सुरु हुनेछ । काठमाडौंमा उपलब्ध सबै खेलाडीलाई बोलाएर आज देखी अभ्यास थालेका छौं । चार दिनसम्म बल लगायतका हुने सबै खर्च हामी आफैं बेहोर्नेछौं, ‘ दासले हाम्रो खेलकुदसँग भने । गत महिना मात्र इस्टर्न रिजन छनोटमा तहल्का मच्चाएका खेलाडीले अब केहि दिन आफैं खर्च गरेर तयारी गर्नुपर्ने भएको छ ।
नेपालले भदौ ७ सम्म नेपाल मै अभ्यास गर्ने छ । विदेशमा अभ्यासको बारे अझै टुंगो लागेको छैन । श्रीलंकामा हुन सक्ने संभावना रहेपनि आधिकारीक रुपमा निर्णय नआएको प्रशिक्षक विनोद दासले जानकारी दिए ।
नेपाल गत महिना यू-१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बन्दै प्रतियोगिताका लागि छनोट भएको हो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, नेपाल र कुवेत छन् । नेपाल अघिल्लो महिना मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजनको बन्द प्रशिक्षणमा राखेको १९ खेलाडीलाई नै यसपटक निरन्तरता दिनेछ ।
यो पनि : अन्यको टोली घोषणा, नेपाल प्रशिक्षण सुरु गर्न स्वीकृतिकै पर्खाइमा
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]