default_image

6 years ago

August 9, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद टोरन्टो बाहिरियो

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत शुक्रबार भएको खेलमा सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरिएको छ ।

खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि विनिपेग हक्सले डकवर्थ लेविस पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गरेको हो । विनिपेगले नेपाली अलराउन्डर सोमपाल कामीलाई पहिलो रोजाइमा राखेको थिएन ।

पहिलो ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३८ रनको विशाल योगफल खडा गरेको थियो । उसका लागि हेनरिक क्लासेनले शतक प्रहार गरे । क्लासेनले ४९ बलमा ११ चौका र ५ छक्कासहित १ सय ६ रनमा नटआउट रहे । ओपनर रोड्रीगो थोमसले ४० बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए ।

जवाफमा सन्दीप लामिछानेले महत्त्वपूर्ण २ विकेट लिएपछि विनिपेगले १७.१ ओभरमा ५ विकेट गुमाउँदै २ सय १ रन जोड्दा खेल रोकियो । त्यस स्थितिमा हक्स २ रनले अगाडि रहेको थियो । सन्दीपले आफ्नो ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । उनले आफ्नो पहिलो बलमा नै उमर अकमललाई स्टम्पिङ आउट गराएका थिए । आफ्नो चौथो ओभरमा सन्नी सोहालको विकेट लिँदै सन्दीपले ९१ रनको साझेदारी तोडे ।

विनिपेगको लागि जेपी ड्युमिनीले सर्वाधिक ८५ रनको योगदान दिए । उनले ४१ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरे । सन्नी सोहालले २९ बलमा ३६ रन जोडे । कप्तान रियाद एम्रितले १५ बलमा नटआउट ३३ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे । क्रिस लिनले २१ रन जोड्दा अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

यस जितसँगै हक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा भान्कुभर नाइट्सले ब्राम्प्टन वल्भ्सलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । अब हक्स र ब्राम्प्टनबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.