default_image

6 years ago

August 9, 2019

नेपालले टेष्ट राष्ट्र सहभागी टि२० प्रतियोगिता खेल्ने

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसकेपनि टेष्ट राष्ट्र आयरल्यान्डसहित पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने भएको छ ।

ओमान क्रिकेटको आयोजनामा ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान सहित टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाउने सबै प्रतियोगितामा आईसीसीको रेख देखमा प्रतिस्पर्धा गर्दै आएको छ ।

नेपाल दुई साता अघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० विश्वकप छनोटमा सिंगापुर र कतारसँग पराजित हुँदै बाहिरिएको थियो । यसका बाबजुद पनि आईसीसीले नेपाललाई प्रतियोगिता खेल्ने स्वीकृति दिएको हो ।

खेल तालिका:

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.