6 years ago
August 11, 2019
एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टि२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । हक्सले उपाधिको लागि आज राती भान्कुभर नाइट्ससँग खेल्ने छ । नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
ब्राम्प्टनले प्रस्तुत गरेको २ सय १ रनको विशाल लक्ष्य अन्तिम बलमा ३ विकेटको क्षतिमा पुरा गर्दै हक्स फाइनलमा पुगेको हो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिएको अवस्थामा उक्त रन पुरा गर्दै विजयी भएको हो ।
हक्सको जितमा यूएईका शैमान अनवारले २३ बलमा ६ चौका र ४ छक्का सहित ५२ रनको योगदान दिदै म्यान अफ द म्याच चुनिए । त्यस्तै जेपी ड्युमिनी ३४ बलमा समान ३ चौका र छक्का सहित ५० रनमा अविजित रहे । क्रिस लिन ३५, सन्नी सोहेल ४१ रनमा आउट हुँदा डरेन स्मिथ १७ रनमा अविजित रहे । ब्राम्प्टनका लागि वहाव रियाज,जहुर खान र शाहिद अफ्रिदीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ब्राम्प्टनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । उसका लागि कप्तान डरेन सम्मीले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै जर्ज मुन्से २२,रोहन मुस्तफा १४,बाबर हायत र शहिद अफ्रिदी समान ३२ रनमा आउट भए । वहाव रियाज २३ रनमा अविजित रहे ।
हक्सका लागि कप्तान रायद इम्रिटले सर्वाधिक ३ विकेट लिए । कलिमा सेना २,मोहम्मद इफरान र पल भान मार्करेमले समान १ विकेट लिए । हक्सले सोमपाललाई भने बेन्चमा राखेको थियो । यद्यपी सोमपालले वैकल्पिक फिल्डरका रुपमा १९ अौं ओभरको पाँचौ बलमा पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको क्याच लिएका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]