6 years ago
August 11, 2019
एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा भान्कुभर नाइट्सविरुद्ध टस हारेको छ ।

भर्खर सम्पन्न टसमा भान्कुभर नाइट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सोमपालको हक्सले पहिला ब्याटिङ गर्ने छ । हक्सले बुझाएको प्लेइङ ११ को सुचिमा सोमपाल कामी अटाउन सकेनन् ।
शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै हक्स फाइनलमा पुगेको हो । भान्कुभर नाइट्सले पहिलो क्वालिफायरमा शुक्रबार ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
समुह चरणको खेलमा हक्सले नाइट्सलाई ७ विकेटले पराजित गरेको थियो । ७ विकेटको जित निकाल्ने क्रममा २ सय ९ रनको लक्ष्य हक्सले ३ विकेटको क्षतिमा २८ बल अगाडीनै पुरा गरेको थियो । दोस्रो राउन्डको खेलमा भने वर्षाको कारण रद्ध भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]