6 years ago
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि मंगलबार बिहान अमेरिकाको लागि भिसा आवेदन दिएपनि दूतावासले अस्वीकार गरेको सन्दीपले सामाजिक सन्जाल ट्वीटमा ट्वीट गरेका छन् ।

‘म आज सिपिएलको लागि अमेरिकी राजदुतावास पुगेको थिए । राष्ट्रिय क्रिकेट खेलाडीको हैसियतले मैले २०१६ देखि विभिन्न देशका लिगहरु खेलिसकेको छु । तर, आज अमेरिकी दुतावासबाट मेरो भिसा रिजेक्ट हुँदा ठुलो आश्चर्यमा परेको छु ।’ सन्दीपले पिएम नेपाल र रअमेरिकी राजदुतावासको ट्वीट ह्यान्डललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

त्यसको रिप्लाईमा पनि सन्दीपले भिसा अस्वीकार भइसकेपछि आफु बोल्न नसकेको पनि बताएका छन् । जहाँ उनले हेलो सरकार, पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, र पराराष्ट्र मन्त्रालयलाई मेन्सन गरेका छन् ।
सन्दीले सिपिएल टोली बिआइएम ट्रिडेन्टसमा आबद्ध छन् । आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]